‘अस्पतालजन्य फोहर व्यवस्थापन कानुन बनाऊ’

काठमाडौँ — स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन र खानेपानी सरसफाइका लागि संघीय सरकारले रणनीतिसँगै कानुन बनाउनु आवश्यक रहेको विज्ञहरूले औंल्याएका छन । राजधानीमा यससम्बन्धी तीनदिने कार्यशाला गोष्ठीको समापनमा शुक्रबार विज्ञहरूले उक्त कुरा औंल्याएका हुन् ।

‘अस्पतालजन्य फोहर व्यवस्थापन कानुन बनाऊ’

सम्बन्धित विषयमा दुई दर्जन प्रस्तुति तथा छलफल गरी स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनका लागि १२ बुँदे प्रतिबद्धता पत्रसमेत जारी गरिएको छ । यस्तै संघीय सरकारले प्रविधि र उपकरणहरूको मापदण्डसहितको मार्गदर्शन तयार गर्ने र त्यसका आधारमा प्रदेश तथा स्थानीय तहले निर्देशिकाहरू तयार गरी कार्यान्वयनमा ल्याउनेसमेत प्रतिबद्घता पत्रमा उल्लेख छ ।


मुलुकमा स्वास्थ्यजन्य फोहोर उत्पादन दर प्रतिबिरामी प्रतिदिन १.३५ किलोग्राम छ । यसमध्ये करिब २० प्रतिशत संक्रामक फोहोर छ । यसको उचित व्यवस्थापन नहुँदा संक्रामक र सामान्य फोहोर मिश्रण भई संक्रामक फोहोरको वास्तविक दर वृद्धि भइरहेको अवस्था छ ।

प्रकाशित : मंसिर २७, २०७६ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?