कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पौडेलसँग सल्लाह गरेरै विभाग बढाउने प्रस्ताव : प्रवक्ता शर्मा

सहमति होइन, पेल्ने काम भएको छ : महत 
मधुसुधन भट्टराई

काठमाडौँ — कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले बिहिबारको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकबाट पारित एजेण्डा पेश गरेको बताएका छन् । देउवाले आफूखुसी केन्द्रीय कार्यसमिति बैठकमा एजेण्डा पेस गरेको भन्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आरोप निराधार भएको प्रवक्ता शर्माको भनाई छ । 

पौडेलसँग सल्लाह गरेरै विभाग बढाउने प्रस्ताव : प्रवक्ता शर्मा

‘केन्द्रीय कार्यसमिति बैठकमा पेश भएका नौ एजेण्डा बुधबार बसेको पदाधिकारी बैठकले पास गरेका एजेण्डा हुन,’ प्रवक्ता शर्माले इकान्तिपुरसँग भने, ‘पदाधिकारीमा सस्थापन पक्षका नेताहरु मात्र हुनुहुन्न । आदरणिय नेता पौडेल निकटका महामन्त्री शशाङ्क कोइराला र कोषाध्यक्ष सितादेवी यादव पनि हुनुहुन्छ ।’


पदाधिकारी बैठकमा एजेण्डा तय गर्दा अनौपचारिक रुपमा सभापतिले नेता पौडेल र महामन्त्री कोइरालासँगसमेत छलफल गरेको प्रवक्ता शर्माको भनाई छ । ‘पदाधिकारी बैठकमा मात्रै होइन, सभापतिले एजेण्डाका विषयमा नेता पौडेल र महामन्त्री कोइरालासँग अनौपचारिक रुपमा पटक–पटक छलफल गर्नुभएको हो,’ उनले भने, ‘बिहीबार पनि केन्द्रिय कार्यसमिति बैठक अगाडि पार्टी केन्द्रीय कार्यालयमा सहमति खोज्ने प्रयास भएको हो ।’


सहमतिविना विभागको संख्या थप्न प्रस्ताव ल्याएको, भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको, पार्टीको १४ औं महाधिवेशनको कार्ययोजना नल्याएको भन्दै पौडेल पक्षले बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेको थियो ।

तर, पौडेल निकट नेता रामशरण महतले पदाधिकारी बैठकले निर्णय गर्‍यो भन्दैमा सहमतिमा विभाग बढाउने प्रस्ताव ल्याएको भन्न नमिल्ने बताउँछन् । ‘पदाधिकारी बैठकमा छलफल गर्दैमा सहमतिमा ल्याएको भन्न मिल्दैन,’ महतले इकान्तिपुरसँग भने, ‘सहमतिमा केन्द्रीय समितिमा प्रस्ताव ल्याउने परम्परा कांग्रेसमा पहिलादेखिको हो । अहिले त्यो तोड्दै पेल्ने काम भएको छ । त्यो हामीलाई मान्य छैन् ।’


उनले अहिले भएका विभाग गठनको आवश्यकतासमेत नरहेको बताए । ‘अब महाधिवेशन गर्ने बेला भयो । महाधिवेशन सम्पन्न गरेपछि मात्रै विभाग गठन गर्दा हुन्छ । अहिले विभाग थप्नुको औचित्य छैन्,’ महतले भने ।


देउवाले बैठकमा मौजुदा रहेका २८ विभागलाई बढाएर ४१ पुर्‍याउने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गरेका छन् ।


प्रकाशित : मंसिर २७, २०७६ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?