नेकपा सचिवालय बैठक स्थगित

काठमाडौँ — नेताहरुको कार्यव्यस्तताका कारण सत्तारुढ दल नेकपा सचिवालयको शुक्रबारका लागि तय गरिएको बैठक स्थगित भएको छ ।

नेकपा सचिवालय बैठक स्थगित

यही मंसिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, संगठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न शुक्रबारका लागि सचिवालय बैठक बोलाएको थियो ।


नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार सचिवालयको बैठक शनिबार दिउँसो बस्नेछ । स्थायी कमिटीको बैठक यही मंसिर २९ गते ११ बजेका लागि तोकिएको छ ।

प्रकाशित : मंसिर २७, २०७६ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?