कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

यस्ता छन् देउवाले प्रस्ताव गरेका पार्टीका ४१ विभाग

मधुसुधन भट्टराई

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका विभागको संख्या बढाएर ४१ पुर्‍याउने प्रस्ताव पेस गरेका छन् । देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३७ (१) (क) मा व्यवस्था गरिएका केन्द्रीय विभागहरुलाई परिमार्जन र पुर्नगठन गरी यसै विधानको धारा ३७ (२) ले गरेको केन्द्रीय विभागहरुको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्थालाई विधानको धारा ५० (५) बमोजिम व्याख्या गरी विभाग थप्ने प्रस्ताव गरेका हुन ।

यस्ता छन् देउवाले प्रस्ताव गरेका पार्टीका ४१ विभाग

उनले विभागका नाम प्रस्ताव गर्दै तीनको काम, कर्तव्य र अधिकार तोक्ने प्रस्ताव पनि गरेका छन् । अहिलेसम्म २८ विभाग रहेकोमा त्यसलाई बढाएर ४१ पुर्‍याउने प्रस्ताव देउवाले गरेका हुन ।

प्रस्तावित विभागको नाम :

१. सङ्गठन विभाग

२. सूचना, संचार तथा प्रचार विभाग

३. अन्तर्राष्ट्रिय सम्बन्ध विभाग

४. राज्य प्रशासन विभाग

५. आर्थिक नीति तथा योजना विभाग

६. अभिलेख, अनुगमन तथा मुल्याङ्कन विभाग

७. नेपाली जनसम्पर्क समिति समन्वय विभाग

८. संघीय मामिला तथा प्रदेश समन्वय विभाग

९. संसदीय मामिला विभागः

१०. संवैधानिक तथा कानुन विभाग

११. स्थानीय तह समन्वय विभाग

१२. महिला विभाग

१३. तरुण विभाग

१४. विद्यार्थी विभाग

१५. जिल्ला सम्पर्क समिति समन्वय विभाग

१६. पेशागत तथा बुद्धिजीवि विभाग

१७. शिक्षा विभाग

१८. स्वास्थ्य विभाग

१९. गैर सरकारी संस्था एवं सामाजिक सेवा विभाग

२०. उद्योग व्यापार विभाग

२१. पर्यटन विभाग

२२. निर्माण, यातायात तथा व्यवसाय समन्वय विभाग

२३. कृषि तथा किसान विभाग

२४. आदिवासी जनजाती विभाग

२५. खेलकुद विभाग

२६. प्राकृतिक श्रोत विभाग

२७. साहित्य, कला तथा संस्कृति विभाग

२८. श्रम, बैदेशिक रोजगार समन्वय एवं आप्रवासन विभाग

२९. फरक क्षमता समन्वय एवं उत्प्रेरणा विभाग

३०. दलित विभाग

३१. द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग

३२. मुस्लिम विभाग

३३. वन तथा वातावरण विभाग

३४. तराई मधेश विभाग

३५. वित्तिय संस्था तथा सहकारी समन्वय विभाग

३६. पिछडिएको क्षेत्र समन्वय विभाग

३७. विज्ञान तथा प्रविधि विभाग

३८. भू.पू. सैनिक विभाग

३९. अन्य पार्टी सम्पर्क र समन्वय विभाग

४०. शुभेच्छुक संस्था समन्वय विभाग

४१. अन्य भ्रातृ संघ समन्वय विभाग

प्रकाशित : मंसिर २६, २०७६ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?