२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कांग्रेसका विभाग ४१ पुर्‍याउने देउवाको प्रस्ताव

मधुसुधन भट्टराई

काठमाडौँ — कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभाग २८ बाट बढाएर ४१ पुर्‍याउने प्रस्ताव प्रस्तुत गरेका छन् । 

कांग्रेसका विभाग ४१ पुर्‍याउने देउवाको प्रस्ताव

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु बैठकमा देउवाले १३ वटा विभाग थप्ने प्रस्ताव गरेका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । देउवाद्वारा प्रस्तुत प्रस्तावमा केन्द्रीय विभागको संरचनात्मक र संख्यात्मक परिमार्जन गर्न आवश्यक रहेको उल्लेख छ ।


देउवाको यो प्रस्तावमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले असहमति जनाएको छ । प्रस्तावमा असहमत भएकैले आफूहरुले बैठक बहिस्कार गरेको केन्द्रीय सदस्य हृदयराम थानीले बताए ।


बैठकमा देउवाले प्रस्तुत गरेका ९ वटा एजेन्डामध्ये एक तरुण दलको म्याद थपसम्बन्धि छ । तरुण दलको केन्द्रीय समितिले आफ्नो म्याद ६ महिना थप गर्ने निर्णय गरेकोले त्यो प्रस्ताव पारित गर्न पनि देउवाले पेश गरेका छन् ।


प्रकाशित : मंसिर २६, २०७६ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?