पौडेलद्वारा केन्द्रीय समिति बैठक बहिस्कार

महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिटौला पनि अनुपस्थित
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिस्कार गरेको छ । पौडेल पार्टी कार्यालयमै उपस्थित भए पनि बैठकमा गएनन् । पौडेलसहित महामन्त्री सशांक कोइराला तथा पूर्व महामन्त्री कृष्ण सिटौला पनि बैठकमा उपस्थित भएका छैनन् ।

फाइल तस्बिर ।

पार्टीका विभागको संख्या बढाउने प्रस्तावमा असहमति जनाउँदै उनले बैठक बहिस्कार गरेका हुन्। ‘विभागको संख्या थप्ने, भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको, पार्टी महाधिवेशनको कार्ययोजना नल्याएको भन्दै पौडेल र सिटौला पक्ष असन्तुष्ट छ। बैठकमा जम्मा ९ वटा एजेन्डा पेश गरिएका छन्। बैठकमा गगन थापा पनि उपस्थित छैनन्।


केन्द्रीय सदस्य एनपी साउदले बरिष्ठ नेता पौडेल बैठकमा सहभागि नभएको बताए । 'उहाँ पार्टी कार्यालयमा हुनुहुन्छ तर बैठकमा उपस्थित हुनुहुन्न । महामन्त्री कोइरालाले पारिवारिक कारणले गर्दा आफू बैठकमा उपस्थित हुननसक्ने सभापतिलाई जानकारी गराउनु भएको छ,' साउदले भने ।


पौडेल–सिटौला पक्षले बहिस्कार गरे पनि विभागको संख्या बढाउने सभापति शेरबहादुर देउवाको प्रस्तावलाई बैठकले बहुमतले पारित गर्न भने सक्छ। प्रकाशित : मंसिर २६, २०७६ १६:१३

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

उम्मेदवार चयन गर्न पदाधिकारीलाई जिम्मा

कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसले उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न पदाधिकारीलाई जिम्मा दिने निर्णय लिएको छ । उम्मेदवार चयन गर्ने आधिकारिक निकाय संसदीय समिति नभएकाले केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले पदाधिकारीलाई अधिकार प्रत्यायोजित गरेको हो ।

समितिमा कांग्रेसमा सभापति शेरबहादुर देउवासहित ८ सदस्य पदाधिकारी छन् । पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई समावेश गर्ने निर्णय गरेको छ ।

विधान विपरित उम्मेदवार चयन गर्न लागिएको भन्दै नेताहरु प्रकाशमान सिंह, महेश आचार्य, गोपालमान श्रेष्ठ, बलबहादुर केसीलगायतले असन्तुष्टी जनाएका छन् ।

प्रकाशित : कार्तिक १५, २०७६ १६:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×