कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पौडेलद्वारा केन्द्रीय समिति बैठक बहिस्कार

महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिटौला पनि अनुपस्थित
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिस्कार गरेको छ । पौडेल पार्टी कार्यालयमै उपस्थित भए पनि बैठकमा गएनन् । पौडेलसहित महामन्त्री सशांक कोइराला तथा पूर्व महामन्त्री कृष्ण सिटौला पनि बैठकमा उपस्थित भएका छैनन् ।

पौडेलद्वारा केन्द्रीय समिति बैठक बहिस्कार

पार्टीका विभागको संख्या बढाउने प्रस्तावमा असहमति जनाउँदै उनले बैठक बहिस्कार गरेका हुन् । ‘विभागको संख्या थप्ने, भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको, पार्टी महाधिवेशनको कार्ययोजना नल्याएको भन्दै पौडेल र सिटौला पक्ष असन्तुष्ट छ । बैठकमा जम्मा ९ वटा एजेन्डा पेश गरिएका छन् । बैठकमा गगन थापा पनि उपस्थित छैनन् ।


केन्द्रीय सदस्य एनपी साउदले बरिष्ठ नेता पौडेल बैठकमा सहभागि नभएको बताए । 'उहाँ पार्टी कार्यालयमा हुनुहुन्छ तर बैठकमा उपस्थित हुनुहुन्न । महामन्त्री कोइरालाले पारिवारिक कारणले गर्दा आफू बैठकमा उपस्थित हुननसक्ने सभापतिलाई जानकारी गराउनु भएको छ,' साउदले भने ।


पौडेल–सिटौला पक्षले बहिस्कार गरे पनि विभागको संख्या बढाउने सभापति शेरबहादुर देउवाको प्रस्तावलाई बैठकले बहुमतले पारित गर्न भने सक्छ ।

प्रकाशित : मंसिर २६, २०७६ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?