१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

उपसभामुखको सिफारिसमा सर्वोच्चको प्रश्न 

जयसिंह महरा

काठमाडौँ — सभामुखले अध्यक्षता गर्ने राष्ट्रिय सूचना आयोगमा पदाधिकारी नियुक्ति सिफारिस समितिको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङ्फेले गरेको विषयमा सर्वोच्च अदालतले प्रश्न उठाएको छ । आयोगमा उपसभामुख तुम्बाहाङ्फेको अध्यक्षतामा आइतबार बैठक बसेर प्रमुख सूचना आयुक्तमा पूर्व सञ्चार सचिव महेन्द्रमान गुरुङ र सूचना आयुक्तहरुमा कमला थापा ओली र दीपक मैनालीको नाम सिफारिस भएको थियो । 

उपसभामुखको सिफारिसमा सर्वोच्चको प्रश्न 

त्यही सिफारिसको आधारमा मन्त्रीपरिषदको बैठकले सोमबार उनीहरुलाई नियुक्त गरेको थियो । नियुक्तिको सिफारिस सूचनाको हक सम्बन्धि ऐनको दफा ११ को व्यवस्था विपरीत भएको भन्दै मंगलबार अधिवक्ता विष्णु लुइँटेलसमेतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमाथि सुनुवाई गर्दै न्यायधीश मनोज शर्माको इजलासले आगामी आइतबार रिट निवेदककर्ता र उपसभामुख तुम्बाहाङ्फे पक्षलाई कारणसहित उपस्थित हुन भनेको सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए ।


पौडेलका अनुसार शर्माको इजलासले उपसभामुख तुम्वाहाङ्फे पक्षलाई आयोगमा नियुक्ति सिफारिस गर्नु पर्नाको कारण महान्यायधिवक्ताको कायालयमार्फत पठाउन भनेको छ । भने रिट निवेदकलाई अन्तरिम आदेश जारी गर्नु पर्ने कारण के हो, कारण सहित उपस्थित हुन भनिएको छ ।


ऐनको दफा ११ मा प्रमुख सूचना आयुक्त र सूचना आयुक्तहरुको नियुक्तिका लागि सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री वा राज्यमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने समिति हुने उल्लेख छ । तर, अहिले सभामुख पद रिक्त भएको बेला उपसभामुख तुम्बाहाङ्फेले ऐनको व्यवस्था विपरित विपरीत सिफारिस गरेको जिकिर रिटमा गरिएको थियो ।


ऐनले सभामुखको अधिकार उपसभामुखले प्रयोग गर्ने कल्पना नगरेको गर्दै सिफारिस खारेज गर्न माग रिटमा गरिएको थियो ।

प्रकाशित : मंसिर २६, २०७६ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?