वोलेरो दुर्घटना हुदा १२ जना घाईते 

हरिहरसिंह राठौर

धादिङ — धादिङको ज्वालामुखी गाउँपालिका–४ सुनखानीमा बोलेरो जीप दुर्घटना हुदा १२ जना घाईते भएका छन् । धादिङबेसीबाट ढोलातर्फ जादै गरेको बा २० च ७२५६ नम्बरको बोलेरोको ब्रेक फेल हुदा सुनखानीमा दुर्घटना भएको हो ।

वोलेरो दुर्घटना हुदा १२ जना घाईते 

दुर्घटनमा घाईते भएकामध्य ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाईते हुनेमा स्थानीय योगेश अर्याल, राधिका अर्याल, सुमन श्रेष्ठ, निकबहादुर बस्नेत, अम्दिन अन्सारी, भोजबहादुर अर्याल, कृष्णमाया अर्याल, रामबहादुर अर्याल, दिपक श्रेष्ठ, मेथुन रम्तेल, सरोज अर्याल र भारतीय नागरिक नहिन रहेको प्रहरीले जनाएको छ ।

घाईतेहरुको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको छ । स्थानीय र प्रहरीले घाइतेको उद्धार गरेको थियो ।

सख्त घाईते २५ वर्षीय जीप चालक सुमन श्रेष्ठलगायत ३ जना लाई थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रुपक खड्काले जानकारी दिए ।

प्रकाशित : मंसिर २६, २०७६ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?