२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

तीन दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले बुधबार रातिदेखि तीन दिनसम्म मुलुकका अधिकांश ठाउँमा मौसम बदली, केही भागमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपात हुने जनाएको छ ।

तीन दिन वर्षा र हिमपातको सम्भावना

विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार साँझ विशेष बुलेटिन जारी गरी बुधबार साँझ पश्चिमी भूभागबाट नेपालमा न्यून चापीय प्रणाली प्रवेश भएको र पूर्व सर्ने क्रममा रहेको उल्लेख गर्दै मुलुकका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना रहेको जनाएको छ । न्यून चापीय प्रणाली बिहीबार अझै सशक्त भई मुलुकका मध्य र पूर्वी भूभागमा समेत हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।


महाशाखाका अनुसार न्यून चापीय प्रणालीका कारण देशैभर बदली भई मुलुकभर चिसो बढ्नेछ भने पश्चिमी भूभागका धेरै, मध्य तथा पूर्वी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । बुधबार रातिबाट सुरु भई यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुनेसमेत महाशाखाले उल्लेख गरेको छ ।

प्रकाशित : मंसिर २५, २०७६ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?