अब कांग्रेसका भातृसंस्थाको सांगठनिक संरचना र सैद्धान्तिक विषयमा एकरुपता

६ भातृसंस्थाको विधान बिहिबारको केन्द्रीय समितिमा पेश गरिने
मधुसुधन भट्टराई

काठमाडौँ — नेपाली कांग्रेसले भातृसंस्था एवं शुभेच्छुक संस्थाहरुको सांगठनिक संरचना र मुलभूत सैद्धान्तिक विषयमा एकरुपता कायम गर्न विधान निर्माणको मापदण्ड तय गरेको छ । केन्द्रीय कार्यसमितिको १८ भदौमा बसेको बैठकले केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा बनाएको ७ सदस्यीय समितिले भातृसंस्था र शुभेच्छुक संस्थाको विधानमा एकरुपता ल्याउन १७ सदस्यीय मापदण्ड तय गरेको हो । 

ZenTravel

विधानको प्रस्तावना संस्थाको आधारभूत चरित्र र मुलभूत सिद्धान्त झल्कनेगरी एकरुपता ल्याउने मापदण्ड समितिले बनाएको छ । सदस्यताको प्रकार एउटै बनाउने, मुख्य उद्देश्यमा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण र लोकतान्त्रिक समाजवादी सिद्धान्तको कार्यान्वयन/नेपाली कांग्रेसको मजवुतीकरण राख्नैपर्ने व्यवस्था राखिएको छ । स्थानीय तहदेखि केन्द्रसम्म पार्टीको जस्तै ७ तह बनाउने, तीन/तीन वर्षमा आवधिक अधिवेशन गर्नै पर्ने व्यवस्था मापदण्डमा रादिएको समिति संयोजक साउदले जानकारी दिए ।

Meroghar


अव भातृसंस्था र शुभेच्छुक संस्था सबैका समितिमा पदाधिकारीको एउटै हुन्छ । केन्द्रीय कार्यसमिति र अन्य समितिहरु भने सदस्य संख्याका आधारमा धेरै थोरै हुनेछ । कुनै पनि संस्थाले नेतृत्वविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्नु पर्ने भएमा त्यसको व्यहोरा एउटै हुनेछ । त्यस्तै आर्थिक स्रोत व्यवस्थापन, पदको रिक्तता र पदपूर्तिको प्रक्रिया, संक्रमणकालीन व्यवस्था र अनुसूची एउटै राख्नु पर्ने आधार बनाइएको साउदले बताए । त्यस्तै अध्यक्ष, पदाधिकारी र सदस्यको काम कर्तव्य र अधिकारको विषयमा एकरुपता ल्याउने गरी मापदण्ड तय भएको छ ।

पार्टी केन्द्रीय सदस्यहरु नविन्द्रराज जोशी, इश्वरी न्यौपाने, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य रहेको समितिले त्यही मापदण्डका आधारमा पार्टीका भातृसंस्था दलित संघ, प्रजातन्त्र सेनानी संघ, नेपाल किसान महासंघ, नेपाल थारु संघ, नेपाल सांस्कृतिक महासंघ र नेपाल महिला संघको विधान पनि सरोकारवाला संघसँगको समन्वयमा निर्माण गरेको छ । यी विधान बिहीबार बस्ने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिने सदस्य भट्टराईले बताए ।

‘पार्टीले दिएको कार्यादेश बमोजिम हामीले भातृ तथा शुभेच्छुक संस्थाको विधानमा एकरुपता ल्याउन १७ बुँदे मापदण्ड तय गरी त्यसैका आधारमा ६ भातृसंस्थाको विधान निर्माण सम्पन्न गरेका छौं,’ सदस्य भट्टराईले भने, ‘समितिबाट पारित ति विधान बिहीबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्छौं ।’

त्यस्तै भ्रातृसंस्थामा पदाधिकारीमा कसैमा महामन्त्री, कसैमा महासचिव रहेकामा अब महामन्त्री मात्रै राखिनेछ ।

केन्द्रीय समिति बैठकमा १४ मंसिरमा भएको उपनिर्वाचनको समीक्षा, पार्टीका विभाग गठन, भातृसंस्थाहरु नेविसंघ, तरुण दलमा देखिएको विवाद समाधान, पार्टीको क्रियाशील सदस्यता वितरणलगायत विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

नयाँ क्रियाशील सदस्यता कहिले खोल्ने, २०७४ को निर्वाचनको पूर्वसन्ध्यामा पार्टी एकिकरण गरेको नेपाल लोकतान्त्रिक फोरमका क्रियाशील सदस्यलाई कसरी समायोजन गर्ने र अन्य पार्टीबाट प्रवेश गर्नेलाई के आधार बनाएर क्रियाशील दिने भन्ने विषयमा पनि बैठकमा छलफल केन्द्रीय सदस्य हृदयराम थानीले जानकारी दिए ।

प्रकाशित : मंसिर २५, २०७६ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

खेलाडीलाई कति रकम : सरकारी पदाधिकारी नै द्विविधामा [सुन्नुहोस् अडियो]

प्रेस सल्लाहकार भन्छन्– गौरिकाले ६५ लाख पाउनेछिन्
खेलकुदमन्त्री भन्छन्– स्वर्णको जम्मा ११ लाख, त्यत्रो राज्यले धान्न सक्दैन
सदस्य सचिव भन्छन्– गौरिकालाई एउटा स्वर्णको ११ लाख 
जयसिंह महरा, गोविन्द पोखरेल

काठमाडौँ — बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गरेको घोषणा अनुसार १३ औं सागका पदक विजेतालाई दिने रकमबारे सरकारी अधिकारीहरु नै अस्पष्ट देखिएका छन् । व्यक्तिगत तर्फ स्वर्ण जित्नेलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा भए पनि दुई वा दुईभन्दा बढी पदक विजेतालाई दिने रकममा उनीहरूबीच द्विविधा देखिएको हो । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले इकान्तिपुरसँग कुरा गर्दै दुई वा दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीले प्रत्येक पदकको ११ लाख रुपैयाँ पाउने बताए। ‘दुईभन्दा धेरै जित्नेले प्रत्येक स्वर्णको ११ लाख पाउने हो। ४ स्वर्ण,२ रजत र ३ कास्यसमेत गरी गौरिका सिंहले मात्रै ६५ लाख पाउनेछिन्,’ थापाले भने।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले पनि गौरिकाले प्रत्येक स्वर्णको ११ लाख रुपैयाँ पाउने बताए। ‘जम्मा कति हुन्छ, कार्यविधि बनाएपछि हिसाब हुन्छ। अहिलेका लागि दुईभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णको ११ लाख रुपैयाँ दिने भनेर प्रधानमन्त्रीज्यूले घोषणा गर्नुभएको हो,’ सिलवालले भने।

प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा पनि दुईभन्दा बढी स्वर्ण पदक विजेतालाई प्रति स्वर्ण ११ लाखका दरले पुरस्कार दिने प्रधानमन्त्रीले घोषणा गरेको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, 'प्रधानमन्त्रीले सागमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई ९ लाख, रजत पदक विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्रीले घोषणा गर्नुभयो । यस्तै दुईभन्दा बढी स्वर्ण पदक विजेतालाई प्रति स्वर्ण ११ लाखका दरले पुरस्कार दिने प्रधानमन्त्रीले घोषणा गर्नुभयो । समूह इभेन्टमा स्वर्ण पदक विजेता खेलाडीलाई पााच पााच लाख रुपैयाा पुरस्कार दिने प्रधानमन्त्री ओलीले घोषणा गर्नुभयो ।'

तर, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा भने सल्लाहकार थापाले गलत बुझेको बताउँछन्। ‘त्यस्तो होइन, दुई वा त्यसभन्दा बढी स्वर्ण जित्नेले स्वर्णको जम्मा ११ लाख पाउने हो,’ उनले भने। ‘प्रधानमन्त्रीज्यूले घोषणा गर्दा म पनि त्यहीँ थिएँ, त्यति धेरै रकम राज्यले धान्न सक्दैन,’ उनले भने, ‘हामीले सुनेर धारणा बनाउँदा कहिलेकाहीँ गलत हुनसक्छ, मैले बुझेको चाहिँ प्रति स्वर्ण ९ लाख, एक भन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख दिने भनेको हो। गौरिकाले ११ लाख पाउने हुन्,’ मन्त्री विश्वकर्माले भने।
उनले खेलकुद मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेपछि कार्यविधि बनाएर टुंगो लगाइने पनि बताए।


प्रकाशित : मंसिर २५, २०७६ १७:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×