कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारको घोषणा : सागमा स्वर्ण जित्नेलाई ९ लाख

रजत विजेतालाई ६ लाख, कास्य जित्नेलाई ३ लाख
बबिता शर्मा, तस्बिर : अंगद ढकाल

काठमाडौँ — १३ औं सागमा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई सरकारले ९ लाख रुपैयाँ दिने भएको छ । यो सागमा दुई वा दुई भन्दा बढी स्वर्ण जित्ने खेलाडीले जनही ११ लाख पाउने छन् भने टिम गेममा जित्नेले ५–छ लाख पाउनेछन् । स्वर्ण जित्ने खेलाडीका प्रशिक्षकले पनि ५ लाख पाउनेछन् ।

त्यस्तै रजत जित्नेलाई ६ र कास्य जित्नेलाई ३ लाख दिने भएको छ । बुधबार सागका पदक विजेता खेलाडीलाई बोलाएर प्रधानमन्त्री केपी ओलीले आफ्नै निवासमा यो घोषणा गरेका हुन् । मंगलबार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको छ ।






प्रकाशित : मंसिर २५, २०७६ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्

जीवनका हरेक पल कैद गर्ने एक वैज्ञानिकको जमर्को 

बीबीसी

स्पेन — हरेक मानिसको दैनिक जीवनमा विभिन्न घटनाहरु घटिरहेको हुन्छ । कुनै रमाइला हुन्छन् भने कुनै निराशपूर्ण । तर, जीवनमा त्यसले केही न केही अर्थ राखिरहेकै हुन्छन् । हामी दैनिक जीवनमा घटेका घटनाहरुको सम्झना कसरी गर्छौँ ? कुनै ठाउँमा जाँदा टन्नै फोटो खिच्छौँ होला वा कोहीको त दैनिकी लेख्ने बानी नै हुन्छ ।

धेरैले त अहिले ब्लग पनि लेख्न थालेका छन् । पक्कै पनि हामीले आफ्नो जीवनका महत्वपूर्ण पलहरुलाई विभिन्न माध्यबाट कैद गरेर राख्न चाहन्छौँ । तर हरेक पल कैद गर्न सम्भव छ त ? हरेक दिन आफ्ना क्रियाकलापहरु अभिलेख गर्दा के फाइदा पुग्छ त ? के यसरी जिन्दगी सहज बन्ला ?

यो कथा हो एक स्पेनी वैज्ञानिकको । उनले विगत १० वर्षदेखि आफ्नो दैनिक जीवनको एकएक क्रियाकलापको रेकर्ड राखेका छन् र त्यो संग्रह गर्दा थाकेका पनि छैनन् । माथि उल्लेखित प्रश्नको उत्तर उनको कथाबाट थाह पाउन सकिन्छ । हरेक दिन आफ्नो दैनिकीबाट के–के सिक्न सकिन्छ भन्ने ध्येयले उनले टिपोट गर्ने बानी बसालेका हुन् ।

मोरिस भिलार्रोयलले फेब्रुअरी २०१० देखि १० वर्षे दैनिकी लेखनको परीक्षणकाल गर्ने विचार गरे ।

मोरिस अहिले ४० वर्षका भए । उनी म्याड्रिडको पोलिटेक्निक युनिभर्सिटीमा वैज्ञानिक हुन् । उनले आफ्नो जिन्दगीको पूर्ण र व्यवस्थित रेकर्ड राख्न सकिन्छ वा सकिँदैन भनेर पत्ता लगाउन बृहत रुपमा दैनिकी लेखन सुरु गरेका हुन् ।

मोरिसलाई आफ्नो यो बानीले पुराना कुराहरु विस्तृतमा सम्झिनलाई मात्र सहयोग नगरेर बाँकी जीवनलाई पनि कसरी अघि बढाउने र जिउने भन्ने ज्ञान प्रदान गर्ने छ भन्नेमा कुनै शंका छैन ।

यसै सोचमा उनले विस्तृत रुपमा डायरी लेखनको थालनी गरेका हुन् । उनले हरेक दिनको दैनिकी अघिल्लो रात नै तयार गरिसकेका हुन्थे र त्यसदिन पनि आफूले गर्ने र नगर्ने कार्यहरुको टिपोट गर्थे । ‘कहाँ जानु छ, के गर्नु छ ?’ पहिल्यै नै तय गर्थे । चाहे मेट्रोको छोटो यात्रा होस् या कुनै युनिभर्सिटीमा कक्षामा रहेको बेला होस्, उनको पुरै दिन व्यवस्थित रुपमा चल्ने गर्दछ ।

मोरिस डायरी लेखन कतिसम्म विस्तृत हुन्छ भने आफूले अन्तर्वाता दिँदासमेत के प्रश्न सोधियो र के उत्तर दिए भनेर टिपोट गर्न छुटाउँदैनन् । टिपोट गरेर राखेका कुराहरु समिक्षा भने उनी फुर्सदको बेला गर्छन् । त्यो भनेको सुपरमार्केटमा पैसा तिर्न लाइन बसेको बेला हुनसक्छ वा डाक्टरसँग समय लिएर मिटिङका लागि कुनुपरेको बेला पनि हुनसक्छ ।

डायरी भरिएपछि भने त्यसलाई एक्सेलमा लगेर सुरक्षितसँग विवरण भर्छन् । उनले यसो गर्न थालेको ९ वर्ष ९ महिना पुगेको छ । उनीसँग ३०७ वटा नोटबुकहरु छन् ।

दार्शनिक सुक्रातको एउटा भनाइ छ– ‘परीक्षण नगरिएको जीवन बाँच्न लायकको छैन ।’ मोरिसको टिपोट गर्ने बानी पनि कताकता यो भनाइसँग मेल खान्छ ।

विगतलाई बुझ्ने, भविष्यलाई सपार्ने
मोरिसको मुख्य ध्येय समयको व्यवस्थापन कसरी गर्ने , उक्त समय कसरी व्यतित हुँदैछ र त्यसले उनको शारिरिक र मानसिक स्वास्थ्यमा कस्तो असर पारिरहेको छ भनेर जान्नु थियो ।

डायरी लेखन सुरु गर्नु अघि उनी गाडी चलाएर अफिस जाने गर्थे । डायरी लेखनको क्रममा उनले आफू स–साना कुरामा रिसाउने र त्यसले पुरै दिन खराब बनाउने गरेको पत्तो पाए । जस्तो कि कसैले ओभरटेक गर्दा उनलाई साह्रै रिस उठ्ने र दिनभर नै त्यस्तै कुराले दिमाग सुस्त बनाइरहने देखियो ।

त्यसपछि उनले त्यसलाई सुधार्न अफिस जाँदा मेट्रो चढ्न वा हिँड्न थाले । उनी भन्छन्, ‘अहिले त मलाई मेट्रोमा चढ्न वा हिँडेरै अफिस जान मनपर्छ । र दिनपनि राम्ररी बितेको जस्तो अनुभव हुन्छ ।’

मोरिसको जीवनमा यी साना कुरा आमूल परिवर्तन त होइनन् । तर उनलाई त्यसले सन्तुष्टि भने पक्कै दिएको छ । नकारात्मक सोचलाई बिस्तारै सकरात्मक सोचले विस्थापित गर्दै जाने उनको बुझाइ छ ।

डायरी लेखनले उनलाई आफ्नो काममा पनि सुखद अनुभव गराउन मद्दत गरेको छ । उनी भन्छन्, ‘रेकर्ड राख्नका लागि लेख्दा सानोभन्दा सानो विवरण तथा घटना देखिन्छन् र सुधार गर्न सकिन्छ । रेकर्ड नगरिएको भए ती आइडियाहरु बिर्सिन्थ्यो होला ।’

आफूले आफैंलाई नियालेर हेर्ने कार्यले तेश्रो व्यक्तिको दृष्टिकोण निर्माण गरिदिने बताउँछन् । आफ्नो कार्यलाई आफैंले मिहिन रुपमा विश्लेषण गर्दा त्यसबाट प्राप्त हुने नतिजाबाट उनी खुशी छन् । डायरीकै कारण उनी आफ्नो अस्पष्ट विगतलाई वर्तमानसँग दाँज्न सक्ने भएकाछन् । ‘म विगतका हरेक दिनको विवरण अहिले हेर्नुसक्छु । ती १० वर्षे अवधिको हरेक पल अहिले पढ्न सक्छु,’ उनी भन्छन् ।

कार्यक्षमता २० गुणाले बढाउँछ
वैज्ञानिकहरुको अध्ययन अनुसार दैनिकी लेख्ने बानीका थुप्रै फाइदाहरु छन् । हार्वड बिजनेस स्कुलका फ्रान्सेका गाइनोले प्राविधिक तालिम लिइरहेका कल सेन्टरमा काम गर्ने स्टाफहरुमा अध्ययन गरेका थिए । उनीहरुले दिनमा १० मिनेट निकालेर लेखेको टिपोटले उनीहरुको कार्यक्षमता २० गुणाले बढाएको देखिएको थियो । साथै टिपोट गर्ने बानीले जीवनलाई सन्तुष्ट र खुशी बढाउने जर्नलमा उल्लेख गरेका छन् । मनोवैज्ञानिकहरुले पनि डायरी लेखनले सफलता दिने पुष्टि गरिसकेका छन् ।

दृढ रुपमा जीवन बाँच्दै
समय बित्दै गर्दा मोरिस आफ्नो नोटबुकप्रतिको लगाव झनै बढेको छ । केही समय विभिन्न अन्य उपकरण पनि प्रयोग गरेका उनलाई कागज र कलमले जतिको सन्तुष्टि अरुले दिन सकेन । दिनभर टिपोट गर्नलाई लगभग आधा घण्टा जति छुट्याएका छन् । समयसँगै टिपोट गर्न उनलाई लाग्ने समय तुलनात्मक रुपमा कम हुँदै गएको छ ।

सबै कुरा टिपोट गर्नुको सकारात्मक र नकारात्मक दुवै पक्ष रहेको बताउँदै उनी भन्छन्, ‘समय व्यवस्थापन गर्न निकै सहज भएको छ । तर, कहिले काँही पुराना टिपोट हेरिरहँदा त्यस दिन केही उत्पादनमुलक कार्य नभएको देखिए दुखित पनि हुन्छु ।’

उनको १० वर्षे परिक्षणकाल यही फेब्रुअरीमा सकिँदैछ । त्यसपछि पनि उनी यसलाई निरन्तरता दिन चाहन्छन् । ‘यो कार्य मेरो जीवन पद्धति नै भइसक्यो । बाहिरबाट हेर्दा उदेक लाग्दो जस्तो देखिएपनि जीवनलाई सही तथा दृढ भएर जिउने राम्रो तरिका हो या,’ उनी भन्छन् ।

(डेभिड रोब्सनले लेखेको यो आलेख बीबीसीको वेबसाइटबाट भावानुवाद गरिएको हो ।)

प्रकाशित : मंसिर २५, २०७६ १६:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×