कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

स्वर्ण जित्ने खेलाडीलाई २५ लाख दिन तरुण दलको माग

काठमाडौँ — तरुण दलले दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै स्वर्ण पदक जित्ने प्रत्येक खेलाडीलाई २५ लाख उपलब्ध गराउन सरकारसँग माग गरेको छ । 

स्वर्ण जित्ने खेलाडीलाई २५ लाख दिन तरुण दलको माग

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले स्वर्ण जित्नेलाई २५ लाख, रजत जित्नेलाई १५ लाख र कांस्य जित्नेलाई १० लाखका दरले पुरस्कारको व्यवस्था गरी खेलाडी र खेलप्रति सम्मान गर्न सरकार र खेलकुद परिषद्लाई आग्रह गरेका छन् ।

अध्यक्ष बस्नेतले जारी गरेको विज्ञप्तिमा देशको इज्जत बचाउन महत्वपूर्ण योगदान पुर्‍याएकोमा धन्यवाद स्वरुप पुरस्कृत गर्नुपर्ने उल्लेख छ ।

१३‍‍ औँ सागको आयोजना गरेको नेपाल ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै दोस्रो भएको थियो ।

बस्नेतले साग आयोजना गर्दा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले भ्रष्टाचार गरेको आरोपसमेत लगाएका छन् ।


प्रकाशित : मंसिर २५, २०७६ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?