कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ब्रिटिस गोरखाका धेरै समस्या समाधान भइसके : बेलायती राजदूत

गृहमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि बेलायतकी नवनियुक्त राजदूत निकोला पोल्लिटले बुधबार शिष्टाचार भेटवार्ता गरेकी छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहाासिक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा छलफल भयो ।

ब्रिटिस गोरखाका धेरै समस्या समाधान भइसके : बेलायती राजदूत

भेटमा गृहमन्त्री थापाले पोल्लिटको कार्यकालमा दुई देशको सम्वन्ध थप उचाईमा पुग्ने बताए । उनी बेलायतबाट नेपालका लागि पहिलो महिला राजदुत हुन ।


बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोरखाका केही समस्या समाधानका लागि पहल गरिदिन गृहमन्त्री थापाले राजदुत पोल्लिटलाई आग्रह गरेको प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।


थापाले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरता आशा व्यक्त गरेका थिए ।


गृह मन्त्रालयअन्तर्गत विपद् व्यवस्थापन, नेपालका सुरक्षाकर्मीका लागि बेलायतले दिँदै आएको तालिम तथा भौतिक संरचना निर्माणमा बेलायतले गर्दै आएको सहयोग निरन्तरताको अपेक्षा पनि मन्त्रीले गरेको भट्टराईले बताए ।


राजदूत पोल्लिटले नेपाल र बेलायतबीच एैतिहाासिक सम्बन्ध रहेको उल्लेख गर्दै इतिहासदेखिनै नेपालले बेलायतलाई गर्दै आएको सहयोगका लागि आफुहरु कृतज्ञ रहेको बताइन ।


बेलायतमा बस्ने नपालीहरुको समस्या तथा ब्रिटिश गोरखाका समस्याबारे बेलायत गम्भिर रहेको राजदूत पोल्लिटको भनाई थियो ।


उनीहरुका धेरै समस्या समाधान भएको र बाँकी समस्या केहि समयमै समाधान भइसक्ने उनले बताइन । राजदूत पोल्लिटले बेलायतले नेपाललाई दिँदै आएको सहयोगमा आगामी दिनमा बढोत्तरी गर्ने समेत बताइन ।

प्रकाशित : मंसिर २५, २०७६ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?