१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

चिट्ठा परेको भन्दै ठगी गर्ने गिरोह सार्वजनिक

मातृका दाहाल

काठमाडौँ — चिट्ठा परेको भन्दै ठगी गर्ने एक गिरोहका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको छ । आकर्षक उपहार र विदेशबाट सामान आएको बहानामा गिरोहले करोडौँ रकम ठगेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । 

चिट्ठा परेको भन्दै ठगी गर्ने गिरोह सार्वजनिक

नाइजेरियन तथा भारतीय नागरिकहरु रहेका उक्त गिरोहले नेपालका नागरिकहरुलाई एजेन्ट बनाएर लामो समय देखि भाइबर, वाट्स एप, इमो, फेसबुक प्रयोग गरी अनलाइनको माध्यमबाट चिट्ठा परेको भन्दै प्रलोभनमा पार्ने गरेको प्रहरीले बताएको छ ।


उनीहरुले अनलाइनबाट मानिसलाई प्रलोभनमा पारेर करोडौं रकम ठगी गर्नुको साथै विभिन्न बैंक तथा वित्तिय संस्थाहरू समेत ह्याक गरेर कारोबार गर्ने गरेको भेटिएको छ ।


महानगरीय अपराध महाशाखाका अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थामा १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ गिरोहले कारोबार गरेको खुलेको छ । प्रहरीको अनुसन्धानमा ३४ जना नेपालीहरु अनलाईन ठगीमा संलग्न रहेको देखिएको छ ।

प्रकाशित : मंसिर २५, २०७६ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?