१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रधानमन्त्रीको डायलसिस हुँदै

अतुल मिश्र

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार राति हेमोडायलसिस गराउन मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर गएका छन् ।

प्रधानमन्त्रीको डायलसिस हुँदै

प्रधानमन्त्री गत बिहीबार मात्र १० दिनको अस्पताल बसाईपछि सेन्टरबाट डिस्चार्ज भएका थिए । डिस्चार्ज गर्नुअघि उनको नवाै‌ं पटक डायलसिससमेत गरिएको थियो । ‘प्रधानमन्त्रीको अन्य स्वास्थ्य स्थिति ठीकै छ, उहाँलाई डायलसिस गर्न यहाँ ल्याइएको हो’, उपचारमा संलग्न एक चिकित्सकले भने ।


प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पताल बसाईमा ५ पटक डायलसिस गरिएको थियो । शल्यक्रियाअघि प्रधानमन्त्रीको ग्रान्डी इन्टरनेशनल हस्पिटलमा ४ पटक डायलसिस गरिएको थियो ।


६७ वर्षीय प्रधानमन्त्री ओलीको सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रधानमन्त्री ओलीको पुन: मिर्गौला प्रत्यारोपण तयारी भइरहेको छ ।

प्रकाशित : मंसिर २४, २०७६ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?