पुरुष फुटबलमा नेपाल चौथो पटक साग च्याम्पियन

भुटानलाई २-१ले हरायो

काठमाडौँ — पुरुष फुटबलमा भुटानलाई २-१ गोल अन्तरले हराउँदै नेपाल चौथो पटक साग च्याम्पियन बनेको छ । भूकम्पपछि पुनर्निर्माण गरिएको दशरथ रंगशालामा नेपालले मंगलबार नतिजा पक्षमा ल्याउन सफल भएको हो । 

पुरुष फुटबलमा नेपाल चौथो पटक साग च्याम्पियन

नेपालको जितका लागि अभिषेक रिजाल र सुनिल बलले १/१ गोलको योगदान गरे । खेलको १६ औँ मिनेटमा अभिषेकले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।


त्यसपछि भुटानका कप्तान चेन्चो ग्यालसेनले ३६औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । फेरि नेपालका तर्फबाट ५३औँ मिनेटमा सुनिलले अर्को थपेपछि नेपाल जितको अवस्थामा पुगेको थियो ।


जितसँगै नेपालले सागमा ५१ वटा स्वर्ण जितेको छ ।

प्रकाशित : मंसिर २४, २०७६ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?