तस्बिरमा नेपाल र भुटानबीचको खेल

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — १३औ‍ँ साग अन्तर्गत नेपाल र भुटानबीचको पुरुष फुटबलको फाइनलमा नेपालले अग्रता लिएको छ । १-१ को बराबरीमा पहिलो हाफ टुंगिएपनि दोस्रो हाफमा नेपालले अग्रता लिएको छ ।

नेपालको लागि सुनिल बलले ५३औँ मिनेटमा गोल गर्दै नेपाल २-१ को अग्रता दिलाएका हुन् । खेलको १६ औँ मिनेटमा अभिषेक रिजालले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। यस्तै,भटानका कप्तान चेन्चो ग्यालसेनले खेलको ३६औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याका थिए ।

प्रकाशित : मंसिर २४, २०७६ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्

सेनाको गाडीसँग ठोक्किँदा १ को मृत्यु

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको भँगेरीमा नेपाली सेनाको सवारीसाधन र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मन्थलीबाट रामेछापतर्फ जाँदै गरेका बा ३९ प ३९४८ नम्बरको मोटरसाइकलमा सवार १४ वर्षीय बालक सुनिल तामाङ घिसिङको गाडीको ठक्करबाट घटनास्थलमै ज्यान गएको हो । नेपाली सेना नयाँ गोरखगणबाट मन्थलीतर्फ आउँदै गरेको जीपसँग विपरित दिशाबाट आएर मोटरसाइकल ठोकिएको थियो । कक्षा ८ मा अध्ययनरत घिसिङले हेलमेट समेत लगाएका थिएनन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभूषण यादवका अनुसार घटनामा मोटरसाइकलमा सवार १४ वर्षीय अर्का बालक रामकृष्ण शाही घाइते भएका छन् । उनको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । मृतकको शव पोष्ट मार्टमको लागि रामेछाप अस्पतालमा राखिएको यादवले बताएका छन् ।

प्रकाशित : मंसिर २४, २०७६ १६:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×