दोलखाका सीडीओ रिजाललाई निलम्बन गर्न अख्तियारको पत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका निवर्तमान प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न गृह मन्त्रालयमा पत्र पठाएको छ ।

सेवाग्राहीसँग घूस मागेको सूचनाको प्रारम्भिक छानबिनपछि प्रमाण नष्ट हुन नदिन रिजाललाई निलम्बनको पत्र पठाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । उनका अनुसार, अब उक्त लेनदेनको घटनाको विस्तृत अनुसन्धान हुनेछ ।


रिजाल यसअघि अख्तियारमै कार्यरत थिए भने सहायक प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए ।


विस्तृतमा पढ्नुहोस्



प्रकाशित : मंसिर २४, २०७६ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्

१३‍औ‍ँ साग: नेपाल २–१ ले अगाडि [अपडेट]

कान्तिपुर संवाददाता

काठमाडौँ — १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत भुटानसँगको खेलमा नेपालले दोस्रो गोल गर्दै अग्रता लिएको छ । खेलको ५३औँ मिनेटमा सुनिल बलले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाएका हुन् ।

खेलको पहिलो हाफ १-१ गोलको बराबरीमा टुंगिएको थियो । नेपालले सुरुवाती अग्रता लिएपनि जारी खेलको ३६‌औँ मिनेटमा भुटानले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको थियो ।

खेलको १६ औँ मिनेटमा अभिषेक रिजालले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । यस्तै,भटानका कप्तान चेन्चो ग्यालसेनले खेलको ३६औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।

सुनिलले खेलको ५३औँ मिनेटमा गोल गरेका थिए ।

डिफेन्डिङ च्याम्पियन नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । भुटान पहिलो पटक सागको फाइनलमा प्रवेश गरेको हो ।

बंगलादेशलाई १‍-० गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । यस्तै,भुटानले श्रीलंकालाई पराजित गर्दै उपाधि भिडन्तमा नेपालसँगको भेट पक्का गरेको हो ।


प्रकाशित : मंसिर २४, २०७६ १५:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×