कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

बंगलादेशमा अध्ययनरत चिकित्सकले मागे पारिश्रमिक

अतुल मिश्र

काठमाडौँ — बंगलादेशमा स्नातकोत्तर तहमा अध्ययनरत नेपाली आवासीय चिकित्सकहरुले पारिश्रमिक (स्टाइपेन्ड) पाउनुपर्ने माग गरेका छन् । बंगलादेशीहरुलाई पारिश्रमिकको रुपमा २० हजार टाका दिने गरिएको छ ।बंगलादेशमा बंगबन्धु शेख मुजिब मेडिकल विश्वविद्यालय (बीएसएमएमयू)मा मात्र विदेशीहरुले चिकित्साशास्त्रमा एमडी/एमएस/एमडीएस पढ्न पाउँछन ।

बंगलादेशमा अध्ययनरत चिकित्सकले मागे पारिश्रमिक

यहाँ एमडी/एमएस/एमडीएसको कोर्स ५ वर्षको हुन्छ । उक्त पढाइको लागि करिव सय जना नेपाली चिकित्सकहरु अध्ययनरत छन् । बंगलादेशमा अध्ययनरत नेपाली चिकित्सकहरुले एक वर्ष अघि नै यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतलाई यसबारे बंगलादेश सरकार समक्ष पहल गर्न अनुरोध गरिसकेका छन् ।


उनिहरुले प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई यस बारे ज्ञापनपत्र समेत दिएका थिए । उक्त पत्रमामा अध्ययनको क्रममा संस्थाको नियममा रहि अहोरात्र खटिएर बिरामीहरुको सेवा गर्दागर्दै पनि बंगलादेशी सहपाठी/सहकर्मी चिकित्सक सरह तलब (स्टाइपेन्ड) वा अन्य सुविधाबाट वञ्चित गराएको यथार्थ विद्यमान,’ रहेको उल्लेख छ ।

यो विषय विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), अन्तर्राष्ट्रिय मजदुर संगठन (आइएलओ), एवं सामान्य मानव अधिकारको विषयसँग जोडिएको यथार्थ जनजाहेर,’ रहेको समेत ज्ञापन पत्रमा जनाइएको छ । नेपाली चिकित्सकहरले बारम्बार आफ्नो प्रयासमा पारिश्रमिकको समय समाधान गर्न पहल गरे पनि सफल नभएपछि नेपाल सरकारलाई गुहारेका हुन् ।

बंगलादेशमा चिकित्साशास्त्रमा उच्च अध्ययन गरिरहेका नेपाली चिकित्सकहरुको पारिश्रमिकको कुरा वर्षौ पहिले देखी उठेने गरे पनि त्यहाको उच्च सरकारी स्तरमा पुग्न सकेको थिएन । गत महिना बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमणमा पनि आवासीय नेपाली चिकित्सकहरूको पारिश्रमिकको कुरा उठेको थियो,’ अर्थोपेडिक सर्जरीमा एमएस गरिरहेका डा.सम्राट पराजुलीले भने, ‘बंगलादेशका राष्ट्रपतिले आफू यस बारे पहल गर्ने जनाएका थिए ।’


प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवाली दुवैले बंगलादेशका राष्ट्रपतिसँग नेपाल भ्रमण ताका यो कुरा उठाएको समेत उनले बताए । तर यसबारे सरकारी स्तरमा व्यापक पहल हुनुपर्ने खाँचो रहेको त्यहा अध्ययनरत चिकित्सकहरुले औंल्याएका छन् । बंगलादेशमा अध्यननरत चिकित्सकहरुले दुइ महिना अघि नेपाली राजदूत डा. वंशीधर मिश्रसँग भेटेरै यसबारे ध्यानाकर्षण गराएका थिए । स्थानीय दूतावासका पदाधिकारीहरुको अनुसार बंगलादेशका राजदूत डा. मिश्रले बंगबन्धु शेख मुजिब मेडीकल विश्वविद्यालयका उपकुलपति प्रा.डा.कनक कान्ति बरुवासँग गत साता भेटेर नेपाली चिकित्सक र विद्यार्थीहरुको समस्या बारे छलफल गरेका थिए ।


उक्त छलफलमा आवासीय चिकित्सकहरुको पारिश्रमिक, आवास लगायतका विषयमा कुराकानी भएको थियो । ‘छलफल सकारात्मक भयो, समस्या हल गर्न उपकुलपतिले पहल गर्ने आश्वासन दिएका छन्,’ डा.पराजुलीले भने ।

प्रकाशित : मंसिर २४, २०७६ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?