कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

सार्कमा पुनर्जीवन जरुरी : प्रधानमन्त्री

‘सार्कमा गर्न बाँकी धेरै छ’ : भारतीय प्रम

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) को अवरुद्ध सम्मेलनलाई आयोजना गर्दै यो संगठनलाई जतिसक्दो चाँडो पुनर्जीवन दिनुपर्ने बताएका छन् ।

सार्कमा पुनर्जीवन जरुरी : प्रधानमन्त्री

सार्क स्थापनाको ३५ औं वार्षिकोत्सव अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले सार्कको संस्थापक एवं वर्तमान अध्यक्षका नाताले दक्षिण एसियाली जनताका साझा सपना साकार पार्नमा सदस्य राष्टसँग निरन्तर संवाद र सहकार्यमा नेपाल लागिपर्ने बताएका छन् । यसैगरी सार्क वडापत्र जारी भएको ३५ वर्ष पुगेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सार्कमा धेरै प्रगति भएपनि गर्न बाँकी काम उतिकै बाँकी रहेको’ बताएका छन् ।


भारत–पाकिस्तान विवादकै कारण ५ वर्षयता सार्क शिखर बैठक हुन नसकिरहेका सन्दर्भमा भारतीय प्रधानमन्त्री मोदीले कुनै मुलुकको नाम उल्लेख नगरी ‘आतंकवादी गतिविधिका कारण सार्कको बृहत सहकार्यमा बाधा परिरहेको’ बताएका छन् ।

सार्क क्षेत्रका सबै मुलुकले आतंकवादलाई परास्त गर्न प्रभावशाली कदम चाल्नुपर्ने बताउँदै प्रधानमन्त्री मोदीले ‘दह्रिलो सार्क बन्नका लागि आपसी विश्वास र आत्मविश्वास जरुरी रहने’ उल्लेख गरेका छन् । सन् २०१६ को अन्त्यमा पाकिस्तानको इश्लामाबादमा हुन लागेको १९ औं सार्क शिखर सेप्टेम्बर महिनामा जम्बु–कश्मीर राज्यमा पर्ने उरी क्षेत्रमा पाकिस्तानी आतंकवाादी हमला भएपछि सार्क प्रकृया अवरुद्ध बनेको हो ।

प्रकाशित : मंसिर २३, २०७६ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?