कोहलपुरका ओन्दोलनकारी भन्छन् - ‘गोली हान्न पाइँदैन, यस्तो डीएसपी चाहिँदैन’

मधु शाही

कोहलपुर — ‘बाल अधिकारमाथि हस्तक्षेप गर्न पाइँदैन, यस्तो कानुन चाहिँदैन, डीएसपी(हेम बहादुर शाही) लाई स्वीच अफ गर्’ भन्दै कोहलपुरका विद्यार्थी संगठन, स्थानीय र अभिभावकले इलाका प्रहरी घेराउ गरेका छन् । आइतबार बाँकेको कोहलपुरस्थित त्रिभुवन नमूना माध्यमिक विद्यालयमा पढ्ने १२ वर्षीया छात्रा प्रकृति चन्दलाई ट्रकले किचेको घटना अझै साम्य रुप लिएको छैन् ।

कोहलपुरका ओन्दोलनकारी भन्छन् - ‘गोली हान्न पाइँदैन, यस्तो डीएसपी चाहिँदैन’

प्रहरी र विद्यार्थीबीच झडप हुँदा रबर गोली फायर गरेको, अश्रु ग्यास फालेको, विद्यार्थीमाथि कुटपिट गरेको भन्दै विद्यार्थी संगठन र स्थानीयले सोमबार दिनभर आन्दोलन जारी राखेका छन् । निषेधित क्षेत्र भनेर जिल्ला प्रशासन कार्यालयले घोषणा गरेपनि त्यसको कुनै प्रवाह नगरी विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।

दिउँसो टायर बालेर, हिँडिरहेका गाडी, मोटरसाइकलको चाँबी खोसेर, सडकमा राखिएका बार भत्काउँदै विरोध जनाएका हुन् । बेलुका ३ बजेतिर विद्यार्थीको सयौंको जमातमा नाराबाजी गर्दै ‘गोली हान्ने डीएसपी स्वीच अफ गर्’ भन्दै नारा लगाएका छन् ।

विद्यालय समिति, अभिभावक, विभिन्न संघ संगठन र प्रहरी प्रशासनबीच वार्ता चलिरहेको छ । विद्यार्थीमाथि गोली चलाउने डीएसपी खारेज नगरेसम्म आन्दोलन नरोकिने आन्दोलनकारीको माग छ ।

प्रकाशित : मंसिर २३, २०७६ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?