न्यायाधीश बर्खास्त भएको गोर्खा ब्रुअरीको ‘रिट’ खारेज- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यायाधीश बर्खास्त भएको गोर्खा ब्रुअरीको ‘रिट’ खारेज

लालप्रसाद शर्मा

पोखरा — दुई न्यायाधीशको राजीनामा र एकको बर्खास्तसमेत हुनपुगेको गोर्खा ब्रुअरीको प्रारम्भिक अन्तशुल्क सम्बन्धी विवादीत रिट निवेदन उच्च अदालत पोखराले आइतबार खारेज गरिदिएको छ ।

ब्रुअरीको करसम्बन्धी मुद्धाबारे क्षेत्राधिकार मिचेर सुनुवाई गरेको आरोप लागेपछि उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई न्याय परिषद्ले गत कात्तिक १ मा सेवाबाट बर्खास्तको सिफारिश गरेको थियो ।


यही मुद्धामा उच्च अदालत पोखराका न्यायाधीशद्वय रामचन्द्र यादव र जीवनहरी अधिकारीले पदबाट राजीनामा दिएका थिए । ब्रुअरीको करसम्बन्धी मुद्धामा क्षेत्राधिकार मिचेको भन्दै तीनैजना न्यायाधीशमाथि छानविन गर्न सर्वोच्च अदालतले आदेश दिँदै न्यायाधीश सपना प्रधान मल्लको एक सदस्यीय छानविन टोली गठन गरेको थियो । छानविन टोली गठन हुनसाथ यादव र अधिकारीले राजीनामा दिएका थिए ।


आन्तरिक राजस्व कार्यालय भरतपुले गत जेठ ७ मा गोरखा ब्रुअरीलाई ८७ करोड ९० लाख रुपैयाँ प्रारम्भिक अन्तशुल्क निर्धारण गरेको थियो । उक्त निर्धारणमा चित्त नबुझे १५ दिनभित्र निवेदन दिन पनि राजस्वले भनेको थियो । तर ब्रुअरीले निवेदन नदिई जेठ १९ मा क्षेत्राधिकार भन्दा बाहिरको उच्च अदालत पोखरामा रिट निवेदन दिएको थियो ।


उच्च अदालत पोखराका रजिष्ट्रार कृष्णप्रसाद पौडेलका अनुसार न्यायाधीशद्वय बिनोदमोहन आचार्य र डालकुमार खड्काको संयुक्त इजलाशरले गोर्खा ब्रुअरीको रिट निवेदन खारेज गरेको हो ।


आन्तरिक राजस्व कार्यालय भरतपुरले ब्रुअरीका नाममा जारी गरेको प्रारम्भिक अन्तशुल्क कर निर्धारण आदेशमै प्रस्तुत आदेश परिवर्तन गर्नुपर्ने वा सो अन्तशुल्क निर्धारण गर्न नपर्ने कुनै ठोस प्रमाण भए आदेश प्राप्त भएको मितिले १५ दिनभित्र यस कार्यालयमा पेश गर्नु भनेकोमा ब्रुअरीले जेठ १३ मा बुझेको तर प्रतिवादमा नगएको अदालतले उल्लेख गरेको छ ।


‘कानुन बमोजिमको उपचारको मार्ग अवलम्बन नगरी सोझै यस अदालतमा असाधारण क्षेत्राधिकार अन्तर्गत प्रस्तुत रिट निवेदन दर्ता हुन आएको कारण आधार समेतबाट निवेदक उद्योगको माग बमोजिम विपक्षीका नाममा उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिरहनु पर्ने अवस्थाको विद्यमानाता नदेखिदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ’ फैसलामा भनिएको छ ।


पोखरामा रिट परेको भोलिपल्टै (जेठ २० मा) न्यायाधीश यादवले कर निर्धारण तत्काल कार्यान्वयन नगर्न भन्दै दुवै पक्षलाई छलफलमा बोलाए । असार ११ मा न्यायाधीशद्वय अधिकारी र शाहीको संयुक्त इजलासले ब्रुअरीलाई तत्काल अन्तशुल्क निर्धारण नगर्न आदेश दियो । यसपछि कार्यालयका प्रमुख कर अधिकृत सुवप्रसाद रिजालले उच्च अदालत पोखराको आदेशबिरुद्ध सर्बोच्चमा रिट दिए ।


रिजालले पोखराले क्षेत्राधिकार मिचेर रिट दर्ता, आदेश गरेको र गण्डकी प्रदेशको पूर्वी नवलपरासीमा ब्रुअरीको उद्योग भए पनि त्यसलाई आन्तरिक राजस्व कार्यालय भरतपुरले हेर्ने भएकाले कार्यालयविरुद्ध मुद्धा उच्च अदालत पाटन र त्यसको इजलाशमा लाग्ने र ब्रुअरीले कानुनी प्रक्रिया पुरा नगरी अदालत गएको भन्दै सर्बोच्चमा रिट दिएका थिए । त्यसपछि छानविन भएको थियो ।

प्रकाशित : मंसिर २२, २०७६ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्

कुस्तीमा भारतकै रजगज

सन्तोष सिंह

(धनुषा) — १८ स्वर्ण मध्ये भारत १२, पाकिस्तान ३, श्रीलंका २ र नेपाल १ 

जनकपुरमा जारी तेश्रो दिनको कुस्तीमा नेपालले २ रजत र २ कास्य पदक प्राप्त गरेको छ । महिला तर्फ २ रजत र पुरुष तर्फ २ कास्य पदक प्राप्त गरेको हो । नेपालको लागि महिला ६५ केजी तौल समुहमा शुसिला चन्द र ७२ केजी तौल समुहमा निर्मालाले रजत, ५९ केजी तौल समुहमा कोमल खत्रीले कास्य जिते भने पुरुष तर्फ ९२ केजी तौल समुहमा सुमिर साहले कास्य पदक जिते ।

जनकपुरमा २० स्वर्णका लागि भइरहेको कुस्तीमा आइतबारसम्म फैसला भएको १८ स्वर्णको खेलमा नेपाल १ स्वर्ण, ४ रजत र ८ कास्य पदक प्राप्त गरेको छ । भारतले १२ स्वर्ण, पाकिस्तान ३ स्वर्ण, श्रीलंका २ स्वर्ण प्राप्त गरेका छन् ।

आइतबार तेस्रो दिनको खेलमा पनि भारतको दबदबा कायम रह्यो । भारतीय खेलाडी सहभागि समुह सबै भारतले जितेको छ । पुरुषको ६१ केजी समुहमा रबीन्द्र धैया, ८६ केजी तौलमा पवन कुमार र महिलाको ५९ केजी समुहमा अन्सु र ६२ केजी तौलमा साक्षि मल्लिकले स्वर्ण जिते ।

प्रकाशित : मंसिर २२, २०७६ १८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×