बम विस्फोट गराई फरार चन्द समूहका कार्यकर्ता पक्राउ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बम विस्फोट गराई फरार चन्द समूहका कार्यकर्ता पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निर्माणाधीन भवनमा बम बिष्फोट गराई फरार याम कुमार गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको विशेष टोलीले शुक्रबार बेलुका काठमाडौंको तिनकुनेबाट पक्राउ गरेको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

गिरीसहितको समूहले गत भदौ २३ गते सहकारीको निर्माणाधीन भवनमा बम विस्फोट गराएका थिए ।

नेत्रविक्रम चन्द समूहका झापा जिल्ला सदस्य ३७ वर्षीय गिरी जिल्ला झापा शिवसताक्षी नगरपालिका पाँचगाछीका स्थायी बासिन्दा हुन्

प्रकाशित : मंसिर २२, २०७६ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्

पुरुष बास्केटबलमा नेपाल सेमिफाइनल पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं सागको पुरुष बास्केटबलमा नेपाली टोली सेमिफाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सलाई ६ स्कोरले पराजित गर्दै टोलीले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा नेपाली टोलीले ७६ अंक स्कोर गरेको थियो भने माल्दिभ्सले मात्रै ६२ अंक स्कोर गर्न सक्यो ।









प्रकाशित : मंसिर २२, २०७६ १३:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×