कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मानव अधिकार राष्ट्रिय महाभेला काठमाडौंमा सुरु

काठमाडौँ — ११ औं मानव अधिकार राष्ट्रिय महाभेला आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगको समन्वय तथा गैसस महासंघ नेपालको संयोजनमा भेला हुन लागेको हो । भेला उद्‌घाटन राष्ट्रिय नाचघरमा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले गर्नेछन् ।

त्यस्तै २४ मंसिरमा बिहान भृकुटीमण्डपमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको प्रमुख आतिथ्यमा प्रभातफेरी, दिउँसो राष्ट्रिय मानव अधिकार आयोगमा प्रधानमन्त्रीको केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा उत्सव समारोह गर्ने कार्यतालिका महाभेलाको छ ।


महाभेलामा मानवअधिकार सम्बन्धी छुट्टाछुट्टै तीन पुरस्कार वितरण गर्ने कार्यक्रम पनि छ ।


राष्ट्रिय मानव अधिकार सम्मान पुरस्कार, पद्यरत्न तुलाधर राष्ट्रिय मानव अधिकार तथा शान्ति पुरस्कार र शान्तालक्ष्मी श्रेष्ठ महिला राष्ट्रिय मानव अधिकार पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको श्रीधर न्यौपानेले बताए ।


प्रकाशित : मंसिर २२, २०७६ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?