बुद्धिसागरलाई कर्णाली प्रतिभा पुरस्कार

काठमाडौँ — कर्णाली साहित्य समाजले यस वर्षको कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार लेखक बुद्धिसागरलाई प्रदान गरेको छ । शनिबार सुर्खेतमा आयोजित कार्यक्रममा रु, २५ हजारको पुरस्कार समाजका संस्थापक संरक्षक साहित्यकार महेशविक्रम शाहले प्रदान गरे । 

बुद्धिसागरलाई कर्णाली प्रतिभा पुरस्कार

समारोहमा उत्कृष्ट साहित्यीक कृतिको पुरस्कार महेश थापाको कथा संग्रह 'मरिचिका'लाई प्रदान गरियो । यो पुरस्कार रु, ५० हजार राशीको छ । कार्यक्रममा कवि एवं राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामललाई साधना सम्मान प्रदान गरियो ।


प्रकाशित : मंसिर २२, २०७६ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?