८ एसपी र २१ डीएसपीको काज सरुवा

काठमाडौँ — प्रहरी प्रधान कार्यालयले ८ प्रहरी उपरीक्षक (एसपी) र २१ प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ ।

८ एसपी र २१ डीएसपीको काज सरुवा

प्रहरी प्रधान कार्यालय कानुन शाखाका एसपी जनार्दन जीसीलाई स्याङ्जा, स्याङ्जाका राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालय, सर्लाहीका गोपालचन्द्र भट्टराईलाई प्रहरी प्रधान कार्यालय कानुन शाखा र प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेललाई सर्लाहीमा सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ ।


त्यसैगरी महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी रविकुमार पौडेललाई जिल्ला प्रहरी कार्यालय काभ्रे, काभ्रेका जयराज सापकोटालाई २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर, धादिङका एसपी राजकुमार बैदवारलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा र कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी रवीन्द्र रेग्मीलाई धादिङमा काज सरुवा गरिएको छ ।

प्रकाशित : मंसिर २१, २०७६ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?