साताका ७ उत्कृष्ट तस्बिर

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग) आइतबारदेखि सुरु भएको छ । काठमाडौं,पोखरा र जनकपुरमा सागका विभिन्न खेलहरु भइरहेका छन् ।यी सहरहरु खेलकुदमय बनेका छन् । यो साता कान्तिपुरमा खेलसँग सम्बन्धित तस्बिरहरुले प्राथिमकता पाए । जुन तस्बिर पाठकले अत्यन्तै रुचाए । त्यस्तै रुखमा चढेर नेपालको म्याच हेर्ने समर्थकको तस्बिर, पौडीको व्यक्तिगत स्पर्धामा नेपाललाई पहिलो स्वर्णपदक दिलाएपछि खुसी हुँदै गौरिका सिंहको तस्बिर पनि प्राथिमकतामा साथ छापिए ।

साताका ७ उत्कृष्ट तस्बिर
साताका ७ उत्कृष्ट तस्बिर
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान बाहिरबाट रुखमा चढेर नेपालको म्याच हेर्दै समर्थकहरु । तस्बिर : बिजु महर्जन

साताका ७ उत्कृष्ट तस्बिर
१३ औं साग खेलको कराँतेको व्यक्तिगत काताको पुरुषतर्फ नेपालको लागि पहिलो स्वर्ण जितेपछि उत्साहित हुँदै मण्डेकाजी श्रेष्ठ । उनले पाकिस्तानका नियमातुल्हालाई फाइनलमा हराउँदै नेपाललाई पहिलो स्वर्ण दिलाएका हुन् । तस्बिरः हेमन्त श्रेष्ठ

साताका ७ उत्कृष्ट तस्बिर
१३ औं साग अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा विपक्षीलाई पछि पार्दै दौड पुरा गर्दै गोपीचन्द पार्की । उनले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पार गर्दै स्वर्ण पदकलाई आफ्नो पोल्टोमा पार्न सफल भए । तस्बिरः केशव थापा

साताका ७ उत्कृष्ट तस्बिर
नेपालका वीरबहादुर महरा तेक्वान्दोको पुरुष ६८ केजी मुनिको समूह अन्तर्गत विपक्षी खेलाडी पाकिस्तानका मोहम्मद फहिमलाई किक प्रहार गर्दै । तस्बिरः इलिट जोशी

साताका ७ उत्कृष्ट तस्बिर
पौडीको व्यक्तिगत स्पर्धामा नेपाललाई पहिलो स्वर्णपदक दिलाएपछि खुसी हुँदै गौरिका सिंह । तस्बिरः हेमन्त श्रेष्ठ

साताका ७ उत्कृष्ट तस्बिर
जनकपुरस्थित कुर्था रेल्वे स्टेसन नजिकैको जमेको पानीमा जाल हान्दै स्थानीय राम चलितर महासेठ । उनी किसान हुन् तर समय निकालेर बेला बेला माछा मर्ने पनि गर्दछन् । तस्बिरः अंगद ढकाल


प्रकाशित : मंसिर २१, २०७६ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?