अन्तर्घात गर्नेलाई कारबाही हुन्छ : देउवा

माधव ढुंगाना

भैरहवा — कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पाटीभित्र अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन् ।

ZenTravel

पार्टीको सिद्धार्थनगर समितिको दोस्रो नगर भेला तथा साइकल/ह्विल चेयर वितरण समारोहमा सभापति देउवाले पार्टीभित्र अन्तर्घात गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन्।

Meroghar

‘पार्टीभित्रैबाट विद्रोही उम्मेदवार बन्ने, विद्रोही उमेदवारको प्रस्तावक र समर्थक बनेर पार्टीलाईगर्ने’ देउवाले भने, ‘यस्ता कार्यकर्तालाईकारबाही नगर्दासम्म पार्टीभित्र अन्तर्घातको खेल भविष्यसम्म रहिरहन्छ। यो पार्टीभित्रको डरलाग्दो रोग हो। यसलाई निर्मूल पार्नुपर्छ।’

पार्टीभित्रै बसिरहने र अन्तर्घात गरेर निर्वाचन हराउने प्रवृत्ति खतरनाक रहेको देउवाको भनाइ छ। हालै सम्पन्न उपनिर्वाचनको परिणामबारे २६ मंसिरमा बोलाइएको केन्द्रीय कार्यासमिति बैठकमा समिक्षा गरिने देउवाले बताए।

कांग्रेस सिद्धार्थनगर नगर समितिले नगरका पाँचजना अपांगलाई ह्विल चेयर र ४४ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई साइकल वितरण गरेको थियो।

प्रकाशित : मंसिर २१, २०७६ १५:३६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अस्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित मेलबर्नमा एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ । तनहुँको गुढांदी घर भएका दीपेन्द्र खनाल आफू बस्ने घरको बाथरुममा मृत फेला परेका थिए । करिब ११ वर्षअघि विद्यार्थी भिसामा अस्ट्रेलिया आएका उनले केही समय पहिले प्रोटेक्सन भिसाको आवेदन दिएका थिए ।

अहिले पनि उनी यसैको कानुनी प्रक्रियामा रहेको आफन्तले जानकारी दिए। साथीहरुसँग बस्ने उनी बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका थिए। उनको मृत शरीरलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएर पोष्टमार्टम गर्न लगेको बताइएको छ।

सन २००८ मा विद्यार्थी भिसा कुकरी अध्ययनका लागि अस्ट्रेलिया आएका थिए। उनका आफन्तहरुले उनी केही महिनादेखि कम सम्पर्कमा रहने गरेका बताएका छन्।

घटनाबारे नेपाली दूतावासले जानकारी पाएको र आफन्तलाई आवश्यक सहयोग पुर्‍याइरहेको उपनियोग प्रमुख द्रुपदा सापकोटाले जानकारी दिइन्।

पछिल्लो समयमा यस्ता दुःखद घटना भइरहेकाले यस्ता घटना कम गर्न आवश्यक कार्यक्रमहरु आवश्यक भएको उनले बताइन्। दूतावासले मृतकका आफन्तहरुका साथै एनआरएन लगायतका संस्थाहरुसँग मिलेर सहयोगका लागि कामहरु गरिरहेको बताएको छ।

एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कंडेलले घटना दुःखद भएको र उनको शवलाई नेपाल पठाउनका लागि आवश्यक पहल तथा सहयोग गरिरहेको जानकारी दिए। कंडेलले परिवारको आग्रहमा उनको शवलाई प्रहरीको अनुसन्धानपछि अन्तिम संस्कारका लागि नेपाल पठाउन परिवार, वाणिज्य दूतावास तथा दूतावासको सहकार्यमा काम भइरहेको बताए।

प्रकाशित : मंसिर २१, २०७६ १५:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×