कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन : मुन्द्रेसँग नडराउनुस्, 'गैँडा'मा नलोभिनुस् !

कास्की — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नापी र मालपोतका कर्मचारीलाई मुन्द्रेहरूसँग नडराउन र अनावश्यक प्रलोभनमा नपर्न निर्देशन दिएकी छन् । 

कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन : मुन्द्रेसँग नडराउनुस्, 'गैँडा'मा नलोभिनुस् !

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले शनिबार पोखरामा गरेको आर्थिक वर्ष २०७५/७६ को वार्षीक प्रगति समीक्षा गोष्ठीमा अर्यालले प्रलोभनमा नपरी जिम्मेवारी अनुसार काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएकी हुन् ।

ठूलाठूला मुन्द्रा लाउनेसँग नडराउनुस् । गैँडा (रुपैयाँ)मा नलोभिनुस् । इमानदार भएर सेवामा समर्पित हुनुस्’, अर्यालले भनिन्, ‘जो पवित्र हुनुहुन्छ, डराउनु पर्दैन । कार्यालयमा आएर गल्ती नगरेकालाई अख्तियारले लगेको छैन । गल्ती गरेको प्रमाण फेला परेपछि के गर्नू त!

मन्त्री अर्यालले मालपोत र नापीका कर्मचारी सुध्रिएछन् भन्ने देखिने गरी काम गर्नकर्मचारीलाई आग्रह गरिन् । उनले कर्मचारीहरूले जागिरे मानसिकताबाट माथि उठेर काम गर्नुपर्ने बताइन् ।

सरकारले राम्रो कार्यसम्पादन गर्ने कर्मचारीलाई संरक्षण गर्ने र गलत गर्नेलाई दण्डित गर्ने अर्यालको भनाइ थियो । सरकारले भूमि नीति तयार पारेको र त्यसको आधारमा एकीकृत भूमि ऐन बन्न लागेको जानकारी उनले दिइन् ।

मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले भूमि र मालपोत कार्यालयका कर्मचारीलाई मुद्राकेन्द्रित भएको आरोप लाग्ने गरेको बताए । यस्ता आरोप आउन नदिन कर्मचारीहरूलाई उनले सचेत गराए ।

प्रकाशित : मंसिर २१, २०७६ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?