१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

जनकपुरमा पटाका पड्केर बालक घाइते

सन्तोष सिंह

जनकपुर — धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ का ११ वर्षीय बालक आलोक राउत पटाका पड्केर सख्त घाइते भएका छन् । घरको ग्यास चुलोमा पटाका सल्काउँदा विस्फोट भएर राउत घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

जनकपुरमा पटाका पड्केर बालक घाइते

जनकपुरमा १३ औ साग अर्न्तगत शुक्रबार राति कुस्तीको उद्‌घाटन खेलमा अतिसबाजीको क्रममा आयोजकले पटाका पड्काएका थिए । त्यस मध्ये नपड्केका पटाका राउतले घरमा लगेर पड्काउँदा घाइते भएका हुन् ।

घाइते राउतको जनकपुर प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । घाइते राउतको पेट र हातमा चोट लागेको छ ।


प्रकाशित : मंसिर २१, २०७६ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?