३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘सिद्धबाबा’लाई ७ दिन हिरासतमा राख्न म्याद थप

सुनसरी — बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई प्रहरीले शुक्रबार जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको छ । यसअघि प्रहरीले अदालतबाट ४ दिनको म्याद थप गराएर अनुसन्धान थालेको थियो ।

‘सिद्धबाबा’लाई ७ दिन हिरासतमा राख्न म्याद थप

आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा उनलाई मंसिर १६ गते प्रहरीले पक्राउ गरेको थियो । बलात्कार आरोपमा उजुरी परेपछि सुनसरीको चतराधाममा रहेका गिरी बिसन्चो भएको भन्दै विराटनगरस्थित विराट नर्सिङहोममा भर्ना भएका थिए ।


सुनसरी, बराहक्षेत्रको चतरास्थित रामानन्दाचार्य सेवा पीठका संरक्षकका रुपमा गिरीले कार्य गर्दै आएका छन् । पीडित भनिएकी महिलाले गत कार्त्तिक ४ गते आफूलाई जबरजस्तीकरणी गरेको भन्दै उजुरी दिएकी थिइन् ।


प्रकाशित : मंसिर २०, २०७६ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?