कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

छाउगोठ मृत्यु प्रकरण : पार्वतीका जेठाजु पक्राउ

मेनुका ढुंगाना

अछाम — छाउ बार्न गोठमा बसेकी साँफेबगर नगरपालिका-३ सिद्वेश्वर निवासी २१ वर्षीया पार्वती बुढा रावतको मृत्यु प्रकरणमा प्रहरीले उनका जेठाजु छत्र रावतलाई बिहीबार पक्राउ गरेको छ । रावतलाई सोधपुछका लागि मंगलसेन बोलाएर प्रहरीले बिहीबार पक्राउ गरेको हो । पार्वतीको आइतबार राति छाउगोठमा मृत्यु भएको थियो । 

छाउपडी प्रथालाई कानुनी अपराध मानेपछि पक्राउ पर्ने छत्र पहिलो व्यक्ति बनेका छन् । ‘सिडियो साब र म बसेर कानुनी प्रक्रिया अगाडि बढाएका छौं,’ अछाम प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले भने, ‘मृृतकका जेठाजुले छाउगोठमा बस्न बाध्य पारे नपारेको विषयमा अनुसन्धान गरिरहेका छौं । यदी बस्न पार्न बाध्य पारिएको भए त्यही अनुसार कारबाही हुन्छ ।’

श्रीमान्, सासु, ससुरा कामको लागि भारत गएकाले पार्वती जेठाजु जेठानीसँग बस्दै आएकी थिइन् । प्रहरीले छाउ गोठमा बस्न बाध्य पार्ने अरु कोही भएपनि प्रक्राउ गर्ने जनाएको छ । छाउगोठमा यसअघि धेरै महिलाको मृत्यु हुने गरेको भएपनि अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरको थिएन ।

पार्वतीसहित पछिल्लो दश वर्षमा अछाममा महिनावारी भएको बेला छाउगोठमै ज्यान गुमाउने महिलाको संख्या १४ पुगेको छ । प्रहरीका अनुसार अधिकांशको निसास्सिएर, सर्पले टोकेर र आगोले पोलेर मृत्यु हुने गरेको छ ।

कानुनमा महिलालाई महिनावारी भएकै कारण छाउगोठ पठाए वा अन्य विभेद गरे ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवाना हुने व्यवस्था छ ।


प्रकाशित : मंसिर १९, २०७६ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?