गण्डकी मेडिकल कलेजमा परीक्षा बहिष्कार गर्ने ८ विद्यार्थी पक्राउ  

लालप्रसाद शर्मा

पोखरा — बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने भन्दै आन्दोलनरत गण्डकी मेडिकल कलेजका विद्यार्थीले बिहीबारदेखि सुरु एमबीबीएस पहिलो वर्षको परीक्षा बहिष्कार गरेपछि प्रहरीले ८ जना विद्यार्थीलाई पक्राउ गरेको छ । 

गण्डकी मेडिकल कलेजमा परीक्षा बहिष्कार गर्ने ८ विद्यार्थी पक्राउ  

परीक्षा सुरु हुनुअघि बिहान १० बजेतिर परीक्षा केन्द्रमा गएका विद्यार्थीले लगत्तै बहिष्कार भन्दै बाहिर निस्केका थिए । ‘परीक्षा सुरु भएपछि कलेज प्रशासनले ४ विद्यार्थीलाई थुनेपछि छुटाउने जाँदा प्रहरीले धरपकड गरी लाठीचार्ज र पक्राउ गर्‍यो’ एक विद्यार्थीले भने, ‘डाँडाको नाक प्रहरी चौकीका प्रमुखसँग कुरा गर्न जाँदा पनि साथीहरुलाई समात्ने काम भयो ।’


कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले कानुन विपरीत काम गर्नेलाई पक्राउ गरिएको बताए । उनीहरु विद्यार्थी हुन् वा होइनन् भन्ने छानबिन भइरहेको एसपी कार्कीले बताए ।


एमबीबीएस पहिलो र दोस्रो वर्षमा उठाइएको गैरकानुनी शुल्क फिर्ता गर्न मंसिर १० मा शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच सहमति भएको थियो । तर त्यो अपुरो रहेको भन्दै विद्यार्थीले अस्वीकार गर्दै आन्दोलन जारी रहेको बताएका छन् ।


विद्यार्थीले आन्दोलनककै दौरान परीक्षा बहिष्कार गरेका हुन् । एक विद्यार्थीले बिहीबारको प्रश्नपत्र सुरुमै बाहिरिएको दाबी गरेका छन् ।

प्रकाशित : मंसिर १९, २०७६ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?