१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

दशौं दिनमा प्रधानमन्त्री ओली डिस्चार्ज

काठमाडौँ — स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालले डिस्चार्ज गरेको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत ओलीलाई अस्पतालले बिहीबार डिस्चार्ज गरेको हो । 

दशौं दिनमा प्रधानमन्त्री ओली डिस्चार्ज

उनलाई दिउँसो ३ : ४५ बजे अस्पतालले डिस्चार्ज गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । अस्पतालले डिस्चार्ज गरेपछि प्रधानमन्त्री ओली बालुवाटार निवासमै आराम गर्ने भएका छन् । ओलीको उपचारमा संलग्न चिकित्सकले केही दिन अस्पतालमै राख्ने सोच बनाए पनि उनले निवासमै गएर आराम गर्ने चाहना व्यक्त गरेपछि चिकित्सकहरुले डिस्चार्ज गर्ने निर्णय गरेको अस्पताल स्रोतले बतायो ।

ओली डिस्चार्ज हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे बुझेकी थिइन् । भेटमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब आधा घण्टा कुराकानी भएको थियो । राष्ट्रपति भण्डारी केही दिन पहिला पनि प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेकी थिइन् ।

ओलीको मंसिर १० गते एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।


प्रकाशित : मंसिर १९, २०७६ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?