कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रधानमन्त्रीको निर्देशन– वाग्मती ब्युटिफिकेसनको काम थाल्नू

दीपेन्द्र विष्ट

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नौ महिनादेखि ठप्प रहेको ‘वाग्मती ब्युटिफिकेसन’को काम पुनः सुरु गर्न सहरी विकासमन्त्री मोहमम्मद इस्तियाक राईलाई निर्देशन दिएका छन् । ‘काम ठप्पबारे प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ, अब जसरी भए पनि काम सुरु गर्ने पक्षमा छु,’ मन्त्री राईले भने, ‘सरोकारवाला निकायसँग छलफल भइसकेको छ ।’

प्रधानमन्त्रीको निर्देशन– वाग्मती ब्युटिफिकेसनको काम थाल्नू

केही दिनअघि अधिकारसम्पन्न वाग्मती एकीकृत विकास समिति प्रतिनिधि र अन्य सरोकारवाला निकायसँग छलफल गरेर कामलाई अघि बढाउने विषयमा निर्णय गरिएको उनको भनाइ छ । मुआब्जा नदिएसम्म काम अघि बढ्न नदिने भन्दै स्थानीयले विरोध जनाएपछि लामो समयदेखि ब्युटिफिकेसनको काम ठप्प छ ।


करिब २७ महिनाभित्र काम सम्पन्न हुनेगरी कालिका कन्स्ट्रक्सन कम्पनीले ठेक्का लिए पनि स्थानीयले मुआब्जा विवाद झिकेपछि काम रोकिएको हो । आगामी पुस अन्तिममा ठेक्काको म्याद सकिँदै छ । काम सुरु गर्न सहयोग माग्दै मन्त्रालयले स्थानीय जनप्रतिनिधि, त्यस क्षेत्रका सांसद लगायतलाई पत्राचार गरिसकेको छ । सार्वजनिक सूचनासमेत जारी गरिसकेको अधिकारसम्पन्न वाग्मती एकीकृत विकास समितिका आयोजना प्रमुख लीला ढकालले बताए । एक महिनाभित्र काम नभए ठेक्का सम्झौताको म्याद सकिने भएकाले जतिसक्दो छिटो काम थाल्ने उनको भनाइ छ ।


ब्युटिफिकेसनलगायत काममा एसियाली विकास बैंक (एडीबी) ले १३ अर्ब रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ । पहिलो चरणको गोकर्ण सिनामंगल क्षेत्रको ब्युटीफिकेसन नभए दोस्रो चरणको कामका लागि सहयोग नगर्ने एडीबीले चेतावनी दिइसकेको छ ।


यसअघि सहरी विकास मन्त्रालयका तत्कालीन सचिव रमेशप्रसाद सिंह र काठमाडौं ३ का सांसद कृष्ण राई, स्थानीय जनप्रतिनिधिबीच पाँच महिनाअघि मुआब्जा विवाद मन्त्रिपरिषद्बाट टुंग्याउने सहमति भएको थियो । अधिकारसम्पन्न वाग्मती एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्र बस्नेतले लामो समयदेखि काम ठप्प भएको जानकारी दिँदै मन्त्रालयले गांँठो नफुकाएसम्म समाधान हुन्छ भन्न नसकिने बताए ।


स्थानीय मुआब्जा संघर्ष समितिका अध्यक्ष निरन्जन पुडासैनीले मुआब्जा नपाएसम्म संघर्ष जारी राख्ने बताए । ‘व्यक्तिको जग्गामा बगैंचा बनाउने कदापि हुदैन,’ उनले भने, ‘माग पूरा नभएसम्म हामी काम हुन्न दिनौं ।’


प्रकाशित : मंसिर १९, २०७६ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?