कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बागलुङ दुर्घटना : बेपत्ताको शव भेटियो

बागलुङ — बडिगाडमा भएको जिप दुर्घटनापछि बेपत्ता रहेका एकजनाको बुधबार बिहान शव फेला परेको छ । गुल्मीको इस्मा गाउँपालिका–४ का ६५ वर्षीय धनबहादुर कार्कीको शव बुधबार घटनास्थलदेखि एक किलोमिटर तल खोला किनारमा भेटिएको प्रहरीले जनाएको छ । भीमगिठे बजार नजिकै बगरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।

बागलुङ दुर्घटना : बेपत्ताको शव भेटियो

जिप खोलामा खसेपछि उद्धारमा खटिएका प्रहरीले एकजना बेपत्ता भएको पत्ता लगाएका थिए । शव पोस्टमार्टमका लागि पठाइएको प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले बताए । मंगलबार भएको दुर्घटनामा जिपमा सवार १४ जनाको मृत्यु भएको थियो । तीन घाइतेलाई उपचारार्थ सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको थियो । मृतकहरूको घटनास्थलमै पोस्टमार्टम गरेर आफन्तलाई शव बुझाएपछि इस्मावासीले १२ जनाको सामूहिक दाहसंस्कार गरेका छन् । घटनामा मृत्यु भएका दुईजनाको शव भने जिल्ला बाहिरको भएकाले उतै पठाइएको हो ।

प्रकाशित : मंसिर १८, २०७६ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?