बागलुङमा जिप दुर्घटना : १४ को मृत्यु, १० जनाको सनाखत [अपडेट]

प्रकाश बराल

(बागलुङ) — बडीगाड गाउँपालिका ७ भिमगिठे नजिकै यात्रुबाहक जिप खस्दा मृत्यु भएका १४ जनामध्ये १० जनाको पहिचान भएको छ । ग १ ख ४२१९ नम्बरको जिप गुल्मी ईश्माबाट बागलुङको बुर्तिवाङ हुँदै निसीखोलाको देवीस्थानतर्फ जाँदै गर्दा खोलामा खसेको प्रहरी नायव उपरीक्षक झबिन्द्रप्रसाद भट्टराईले बताए । जिप मंगलबार बिहान मध्यपहाडी लोकमार्गको भिमगिठे नजिकैको भीरबाट बडीगाड खोलामा खसेको हो । जिपमा १८ जना सवार थिए ।

बागलुङमा जिप दुर्घटना : १४ को मृत्यु, १० जनाको सनाखत [अपडेट]

बढी भार र तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । जिपका सवार सबै देवीस्थानमा कुलपूजामा जान लागेका थिए । घटनास्थलमा ईलाका प्रहरी कार्यालय बुर्तिवाङ, प्रहरी चौकी भिमगिठेका प्रहरी र स्थानीयले उद्धार जारी राखेका छन् । उद्धार गरिएकामध्ये ३ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ ।


मृतकका नामावली

गुल्मी इश्मा गाउँपालिका ४ का बसुन्धरा कार्की, सिता कार्की, माया थापा, भवी कार्की, भूमा कार्की, धनबहादुर कार्की, मिना बस्नेत

गुल्मी इश्मा गाउँपालिका ५ का रेशम थापा


त्यस्तै नवलपरासी जिल्ला बर्दघाट नगरपालिका २ की भूमा कार्की र बागलुङकै बडीगाड गाउँपालिका ७ की नरमाया खत्री छन् ।

४ जनाको सनाखत हुन बाँकी छ ।


घाइते हुनेहरुमा

बर्दघाट २ का १८ वर्षीय जीवन कार्की, इश्माका ८ वर्षीय हिमाल कार्की र २४ वर्षीय रेशमा कार्की छन् । बडीगाड खोलाले बगाएर १५ वर्षका धनबहादुर कार्की बेपत्ता भएको प्रहरीले बतायो ।


............


जिल्लामा यात्रुबाहक जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३ घाइते भएका छन् । १ जना बेपत्ता छन् । घाइते र मृतकको पहिचान भएको छैन ।


ग १ ख ४२१९ नम्बरको जीप गुल्मीको ईश्माबाट बागलुङको बुर्तिवाङतर्फ जाँदै गर्दा खोलामा खसेको प्रहरी नायव उपरीक्षक झबिन्द्रप्रसाद भट्टराईले बताए । जीप मंगलबार बिहान मध्यपहाडी लोकमार्गको भिमगिठे नजिकैको भीरबाट बडिगाड खोलामा खसेको हो । जिपमा १८ जना सवार थिए ।


बढी भार र तीव्रगतिले दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उक्त घटनास्थलमा अहिले ईलाका प्रहरी कार्यालय बुर्तिवाङ, प्रहरी चौकी भिमगिठेका प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् ।

प्रकाशित : मंसिर १७, २०७६ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?