१५ जनाविरुद्ध मुद्दा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय सुनसरीकै सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

१५ जनाविरुद्ध मुद्दा

सरकारी जग्गाको नक्साको धर्सा मेटाई व्यक्तिको नामको जग्गामा थपेको आरोपमा अख्तियारले सुनसरी नापी कार्यालयका कर्मचारीहरू योगेन्द्रप्रसाद यादव, कपालेश्वर राम र सुकदेव यादवविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले नापी कार्यालयमै बसेर काम गर्ने रमेश साह, जग्गाधनी रमेशकुमार श्रेष्ठ, आसमा खातुनविरुद्ध मुद्दा दायर गरेको छ । सबैमाथि ६ लाख रुपैयाँका दरले बिगो मागदाबी गरिएको छ ।


त्यसैगरी, अख्तियारले सडकको टेन्डर प्रतिस्पर्धामा कागजात केरमेट गरेको आरोपमा डिभिजन सडक कार्यालय जनकपुरका प्रमुख दिनेश अर्यालसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । अर्यालसहित लेखा प्रमुख जीवनाथ पोखरेल, इन्जिनियरहरू राजकुमार यादव र सञ्जीवकुमार साहविरुद्ध १९ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेर भ्रष्टाचार मुद्दा दायर गरिएको हो । टेन्डरको कागजात खोल्ने क्रममा भैरव कन्स्ट्रक्सन कम्पनी नयाँ बजारले पेस गरेको दररेटको अंक र अक्षर सच्याएको आरोपमा अख्तियारले उक्त कम्पनीका सञ्चालक सुरेशलाल श्रेष्ठ, गोपाल श्रेष्ठ र कम्पनीका प्रतिनिधि मोहनप्रसाद यादवविरुद्ध पनि मुद्दा दायर गरेको छ ।


प्रकाशित : मंसिर १७, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?