कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वामदेव गौतमको उपनिर्वाचनबारे प्रतिक्रिया -'राम्रो काम नगरे अर्को निर्वाचनमा सजाय भोग्छौं'

उपनिर्वाचनको परिणाम अनपेक्षित : नेता गौतम

काठमाडौँ — सत्तारुढ नेकपाका सचिवालय सदस्य वामदेव गौतमले उपनिर्वाचन नेकपाका लागि अनपेक्षित भएको बताएका छन् । समग्रमा उपनिर्वाचनको परिणाम नेकपाको पक्षमा भएपनि गत निर्वाचनमा नेकपाले जितेको क्षेत्र भक्तपुर, धरान उपमहानगरपालिका र केही वडाध्यक्ष पद गुम्नु नेकपाका लागि सुखद् नभएको बताए ।

वामदेव गौतमको उपनिर्वाचनबारे प्रतिक्रिया -'राम्रो काम नगरे अर्को निर्वाचनमा सजाय भोग्छौं'

‘समग्ररुपमा उपनिर्वाचनको परिणाम नेकपाकै पक्षमा छ । तर भक्तपुर, धरान उपमहानगरपालिका र केही वडाध्यक्षमा पहिला हामीले जितेका थियौं । अहिले ती ठाउँ गुमायौं,’ गौतमले कान्तिपुरसँग भने, ‘कांग्रेसले जितेको क्षेत्र खोस्नी र हामीले जितेको क्षेत्र जोगाउन सकेको भए उपनिर्वाचन नेकपाका लागि सुखद् हुन्थ्यो । त्यस अर्थमा उपनिर्वाचनको परिणाम अपेक्षाकृत भएन ।’

विगतको निर्वाचनमा जित हासिल गरेका क्षेत्रमा उपनिर्वाचन जित्दैमा नेकपा खुसी हुन जरुरी नभएको पनि गौतमले बताए । उनले भने, ‘जो जसले जित्नु भएको छ, त्यसमा खुसी छौं । हामीसँग जे थियो त्यो प्राप्त गर्‍यौं भनेर खुसी हुन जरुरी छैन ।’

आगामी दिनमा नेकपाले राम्रो काम नगरे अर्को निर्वाचनमा जनताले सजाय दिने गौतमको प्रतिक्रिया थियो । ‘हामीले आगामी दिनमा ठिक ढंगले काम गर्न सकेनौं भने अर्को निर्वाचनमा सजाय पाउँछौं भन्ने सन्देश उपनिर्वाचनको परिणामले दियो,’ गौतमले भने ।

उपनिर्वाचनको नतिजापछि पार्टीले गम्भीर समीक्षा गर्ने पनि उनलेले बताए ।

प्रकाशित : मंसिर १६, २०७६ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?