१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भालुको आक्रमणबाट सशस्त्र प्रहरीका दुई जवान घाइते

बलराम घिमिरे

रसुवा — गोसाइकुण्ड गाउँपालिका– २ टिमुरेमा भालुको आक्रमणबाट सशस्त्र प्रहरीका दुई जवान घाइते भएका छन् ।
सशस्त्र प्रहरी बल २१ नम्बर गुल्ममा कार्यरत दुई जना प्रहरी घाइते भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

भालुको आक्रमणबाट सशस्त्र प्रहरीका दुई जवान घाइते

खानेपानीको पाइप मर्मत गर्ने क्रममा करिब ४ बजे तिर भालुको आक्रमण उनिहरु घाइते भएका थिए ।


भालुको आक्रमणबाट जिल्लाको नौकुण्ड गाउँपालिका–४ का सहायक हवलदार बीरबहादुर थिङ र नुवाकोट जिल्ला सूर्यगढी गाउँपालिका–१ का प्रहरी जवान किरण तामाङ घाइते भएका छन् ।


बीरबहादुर थिङको टाउकोमा चोट लागेको छ । उनी गम्भिर घाइते भएका छन् । घाइतेको रसुवागढी जलविद्युत आयोजनामा रहेको स्वास्थ्य क्याम्पमा प्राथमिक उपचार पछि थप उपचारको लागि काठमाडौं लगिएको छ ।


प्रकाशित : मंसिर १५, २०७६ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?