कान्तिपुरकर्मी दाहाललाई सेजन अवार्ड

काठमाडौँ — कान्तिपुर दैनिकका पत्रकार मातृका दाहाललाई सेजन अवार्ड प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हरेक वर्ष प्रदान गर्ने उक्त अवार्ड यस पटक दाहाललाई वितरण गरिएको छ । 

कान्तिपुरकर्मी दाहाललाई सेजन अवार्ड

छापा माध्यमतर्फ दाहालले लेखेको बालुवाटारको ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणको समाचारमा अवार्ड प्रदान गरिएको छनोट समितिले जनाएको छ ।


अनलाईनतर्फ काठमाडौ प्रेस डट कमका पत्रकार केदार दाहाललाई सेजन अवार्ड वितरण गरिएको छ । उनले काठमाडौ–हेटौडा सुरुङमार्ग निर्माण अनियमितताबारेको समाचारलाई अवार्ड प्रदान गरिएको छ ।


आइतबार सेजनको २२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले अवार्ड वितरण गरेका हुन् ।


प्रकाशित : मंसिर १५, २०७६ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?