पोथी चितुवा पर्‍यो खोरमा

सम्झना रसाइली

(तनहुँ) — जिल्लाको भानु नगरपालिकामा आइतबार एक पोथी चितुवा खोरमा परेको छ । भानु–३ धाराविस्थित कालिका सामुदायिक वनक्षेत्रमा बाख्रासहित थापिएको परम्परागत काठको खोरमा उक्त चितुवा परेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले बताए ।

पोथी चितुवा पर्‍यो खोरमा

खोरमा परेको चितुवा करिव १० वर्षको देखिने ५० केजी तौल बराबरको पोथी चितुवा रहेको जनाइएको छ । नरभक्षी चितुवालाई फसाउन बनाइएको खोरमा परेको पोथी चितुवालाई चितवन राष्ट्रिय निकुञ्ज पठाइएको डिभिजन प्रमुख बरालले बताए ।


चितुवाले भानु–१, २, ३ र ४ नम्बर वडाक्षेत्रमा विगत डेढ वर्षको अबधिमा साँझको समयमा आक्रमण गरी ६ जना बालबालिकाको ज्यान लिइसकेको छ भने ४ जना बालबालिका घाइते भएका छन् ।


चितुवा प्रभावित क्षेत्रका सामुदायिक वनमा ९ वटा परम्परागत काठको खोर बनाई बाख्रासहित पासो थापिदै आइएको छ । वनमा बनाइएको परम्परागत काठको खोरमा यसअघि २ भाले चितुवा र २ वटा पोथी चितुवा परेको र तिनलाई अन्यत्र लगिएको छ । यस्तै यस क्षेत्रमा ५ वटा चितुवा मृत अवस्थामा भेटिएको छ ।


प्रकाशित : मंसिर १५, २०७६ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?