१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी [अपडेट]

लालप्रसाद शर्मा

पोखरा — प्रतिनिधिसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र २ मा नेकपा उम्मेदवार विद्या भट्टराई २४ हजार ३९४ मत ल्याइ विजयी भएकी छिन् । उनले ८ हजार ४०३ मतान्तरले विजयी भएकी हुन् ।

कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी [अपडेट]

कांग्रेस उम्मेदवार खेमराज पौडेलले कुल १५ हजार ९९१ मत ल्याए ।

यस्तै समाजवादी पार्टीका उम्मेदवार धर्माराज गुरुङले १९ सय २२, राप्रपाका उम्मेदवार राेमबहादुर भण्डारीले ११५३, साझा पार्टीकी उम्मेदवार रजनी केसीले ९४२ मत प्राप्त गरेकी छिन् ।


पोखरा महानगरपालिकाका ११ वटा वडा समेटिएको निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए । त्यसमत्ये ४५५६३ मत खसेको थियो ।

प्रकाशित : मंसिर १५, २०७६ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?