१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भक्तपुरबाट प्रदेशसभा सदस्यमा कांग्रेस उम्मेदवार निर्वाचित

लीला श्रेष्ठ

भक्तपुर — जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १ को (क) प्रदेशसभा सदस्यमा कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल निर्वाचित भएका छन् । 

भक्तपुरबाट प्रदेशसभा सदस्यमा कांग्रेस उम्मेदवार निर्वाचित

सत्तारुढ नेकपाका देवीप्रसाद ढकाललाई पराजित गर्दै भँडेल विजयी भएका हुन् ।


भँडेलले १३ हजार ४ सय ४९ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी ढकालले ११ हजार २ सय ६ मत मात्रै पाए । भक्तपुरमा कांग्रेस उम्मेदवारलाई राप्रपा (संयुक्त) ले सघाउने बताएको थियो ।


यसैगरी नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निरव लवजूले ५ हजार ८ सय २९, राप्रपाका श्यामप्रसाद नेपालले ५ सय ७४ मत पाएका छन् भने साझा पार्टीका सुरज प्रधानले ३ सय ९३ मत मात्र पाए ।


२०७४ मा भएको प्रदेशसभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने १२ हजार ७ सय८९ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका जीवन खत्रीले ९९७७ मत ल्याएका थिए ।


कांग्रेसका पूर्वक्षेत्रीय सभापतिसमेत रहेर काम गरेका भँडेल पहिलो संविधानसभा २०६४ मा उम्मेदवार थिए । भँडेल पछिल्लो समय भक्तपुर क्षेत्र नम्बर १ मा रहेर पार्टीमा सक्रिय थिए । भँडेल कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता हुन् ।

उपनिर्वाचनअन्तर्गत भक्तपुर १ (क) मा आइतबार साढे ११ बजे मतगणना सकिएको थियो । शनिबार बिहान ७ देखि ५ बजेसम्म मतदान भएको थियो ।

प्रकाशित : मंसिर १५, २०७६ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?