२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

धनपालथानको वडाध्यक्षमा कांग्रेस विजय

(मोरङ) — धनपालथान गाउँपालिका वडा २ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा कांग्रेसका नारायणप्रसाद साह १ हजार ७ सय १ मत ल्याएर विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका पंकजकुमार मण्डलले १ हजार ४ सय ९७ मत ल्याएको छ ।

धनपालथानको वडाध्यक्षमा कांग्रेस विजय

कूल ४ हजार ७८ मतदाता रहेकोमा ३ हजार २ सय ८४ खसेको मतमध्ये ३८ मत बद्दर भएको थियो ।


साहलाई समाजवादी पार्टीलेसमेत समर्थन गरेको थियो । यसअघि उक्त वडामा तत्कालिन एमालेबाट निर्वाचित वडा अध्यक्ष बलराम मण्डल भगतको सर्पले टोकेर मृत्यु भएको थियो ।

प्रकाशित : मंसिर १५, २०७६ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?