रुरु क्षेत्रमा नेकपा विजयी

वीरेन्द्र केसी

अर्घाखाँची — गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ मा नेकपाका गिरिप्रसाद सिंजाली विजयी भएका छन् । सिंजाली निकटम प्रतिस्पर्धी कांग्रेसका बेदप्रसाद दर्लामीलाई ७५ मत अन्तरले पराजित गरे ।

ZenTravel

सिंजालीले ८ सय २ मत ल्याए। दर्लामीले ७ सय २७ मत ल्याए। स्वतन्त्र उम्मेदवारले १ मत ल्याए।

Meroghar

कुल मतदाता २ हजार ४८ मध्ये १५ सय ४४ मत खसेको थियो। १४ मत बदर भयो। स्थानीय चुनावमा तत्कालीन एमालेका पूर्णबहादुर रेगामीले जितेका थिए।




प्रकाशित : मंसिर १५, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

स्वर्ण जित्ने सबै महिला

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९९१ को डिसेम्बर २२ देखि ३१ सम्म आयोजना भएको पाँचौं दक्षिण एसियाली खेलकुदमा श्रीलंकाले घरेलु भूमिका फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन गर्‍यो । श्रीलंकाले ४४ स्वर्ण जितेर दोस्रो स्थान हात पारेको थियो । भारत फेरि एकपल्ट शीर्षस्थानमा रह्यो तर उसको नाममा ६४ स्वर्णमात्र रह्यो । एकप्रकारले दक्षिण एसियाली खेलकुद इतिहासमा भारतको प्रभुत्व केही कम भएको यो नै संस्करण हो । नेपाल भने पदक तालिकाको पाँचौं स्थानमा रह्यो ।

नेपालले खालि दुई स्वर्ण मात्र जित्न सक्यो । यो एकप्रकारले नेपालको खराब प्रदर्शन थियो । नेपालले ८ रजत र २९ कांस्य जित्न सफल रह्यो । कुल १० खेल समावेश गरिएको यस संस्करणको एउटा विशेषता थियो, भुटान पदक जित्न असफल, तर माल्दिभ्सको नाममा पहिलोपल्ट रजत पदक । माल्दिभ्सले पहिलो संस्करणमा पदक जितेयता यो नै हात पारेको पहिलो सफलता थियो । नेपालले जितेका दुवै स्वर्ण भने महिलाको नाममा रह्यो ।

सुटिङतर्फ ऐतिहासिक सफलता दिलाउने नायिका रहिन्, अनिता श्रेष्ठ । उनले एयर राइफल ४० शट व्यक्तिगतमा ३ सय ८० अंक प्राप्त गरेर स्वर्ण जितिन् । महिलाको एयर राइफलमा ४० शट टिम स्पर्धामा नेपालले १ हजार १ सय १५ अंक जितेर रजत पदक जित्यो । अर्को स्वर्ण भने महिलाकै टिम स्पर्धामा रह्यो । यो खेल थियो टेबलटेनिस । नेपालका लागि यो ऐतिहासिक सफलता दिलाउने खेलाडी थिए, गीता क्षेत्री, सिजरिन शाह, पूजा थापा र नीलम तुलाधर । नेपालले एथलेटिक्सतर्फ एक रजत र दुई कांस्य निकाल्यो । बिसनसिह राउतले २ घण्टा ३३.१८ मिनेटमा म्याराथनतर्फ रजत जिते । बक्सिङबाट तीन रजत आएकोमा यो सफलता दिलाउने खेलाडी थिए, विष्णुबहादुर सिंह, कृष्णमान श्रेष्ठ र प्रकाश थापामगर । नेपालले फेरि एकपल्ट फुटबलमा कुनै पदक जित्न सकेन । भारोत्तोलनबाट धेरै संख्याको पदक आउँदा तीन रजत दिलाउने खेलाडी थिए, सुनीललाल जोशी ।

फुटबलमा ऐतिहासिक पदक
नेपालको दृष्टिकोणबाट बंगलादेशको ढाकामा भएको सन् १९९३ को दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठूलो विशेषता रह्यो, फुटबलमा प्राप्त स्वर्ण । संयोगले यो नेपालले जितेको एकमात्र स्वर्ण रह्यो । यसले देखाउँछ, यो नेपालका लागि कत्तिको ठूलो महत्त्वको पदक हो भनेर । डिसेम्बर २० देखि २७ सम्म आयोजित प्रतियोगितामा डर भइसकेको थियो, कतै नेपालले कुनै पदक नजित्ने त होइन भनेर । तर आखिरमा नेपालले
निराश पारेन ।

भारत फेरि एकपल्ट ६० स्वर्ण जितेर शीर्षस्थानमा रह्यो भने पाकिस्तानले २३ र श्रीलंकाले २० स्वर्ढा हात पारेका थिए । घरेलु बंगलादेशले पनि ११ स्वर्ण जित्यो । भुटान र माल्दिभ्स पदकविहीन रहे । नेपालको नाममा भने खाली १ स्वर्ण । तर यो स्वर्ण कस्तो भने नेपालले अहिलेसम्म जितेका सबै पदक एक ठाउँमा । यो एक स्वर्ण एक ठाउँमा । नतिजा, सायद त्यो एक पदक नै भारी हुनेछ कि ? स्वर्णका लागि भएको ऐतिहासिक फाइनलमा नेपालले भारतलाई हराएको थियो टाइब्रेकरमा ।

निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरीमा रहेको थियो । यी दुई गोल उमेश प्रधान र मणि शाहको नाममा रह्यो । टाइब्रेकरको नतिजा भने ४–३ रह्यो । त्यसमा गोल गर्ने खेलाडी थिए, राजेश मानन्धर, कप्तान राजुकाजी शाक्य, मणि शाह र वसन्त गुरुङ । टाइब्रेकरमा नेपाल एकसमय ३–१ ले पछाडि थियो । तर भाग्यले नेपाललाई नै साथ दियो । त्यस अगाडि नेपालले बंगलादेशलाई लिग चरणमा १–० ले हराएको थियो ।

नेपालले एथलेटिक्समा तीन कांस्य मात्र जित्न सक्यो । बक्सिङबाट भने २ रजत र ६ कांस्य हात परेको थियो । रजत जित्नेमा उमेश कटुवाल र निमा तामाङ थिए । यसै संस्करणको दक्षिण एसियाली खेलकुदबाट जुडोले प्रवेश पायो र त्यसमा नेपालले ४ रजत र ४ कांस्य पदक जित्यो । यो सन्तोषजनक प्रदर्शन थियो । रजत जित्ने खेलाडी थिए, रमेशकुमार बस्नेत, वीरबहादुर राना, गंगाबहादुर तामाङ र कान्छाराम तामाङ । कुस्तीबाट दुई कांस्य प्राप्त भयो ।

प्रकाशित : मंसिर १५, २०७६ ०९:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×