कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मदन पुरस्कार विजेता विलियम बर्क रहेनन्

पर्वत पोर्तेल

काँकडभित्ता — मदन पुरस्कार प्राप्त गर्ने विदेशी नागरिक विलियम बर्कको शुक्रबार दिउँसो दार्जिलिङमा निधन भएको छ । बर्कको शब्दकोश कृति ‘सही शब्द’ले २०५१ सालमा मदन पुरस्कार पाएको थियो ।

मदन पुरस्कार विजेता विलियम बर्क रहेनन्

भारतमा अन्तिम क्यानाडियन सन्तको रुपमा सेवा गर्दै आएका उनले जीवनको अधिकांश समय दार्जिलिङमा बिताएका थिए । उनी नेपाली व्याकरणवेत्ता साथै भाषाविद्को रुपमा समेत भारतीय नेपालीभाषीमाझ परिचित थिए ।

बर्क क्यानडामा जन्मिएका थिए । उनले बीए र बीकम सेन्ट मेरिज विश्वविद्यालयमा र एक वर्षसम्म डल्हौजी विश्वविद्यालयमा कानुनको अध्ययन गरेका थिए । अध्ययन समाप्त भएपछि प्रारम्भमा उनले १२ वर्षजति अध्यापन गरे । सुरुमा हिन्दी माध्यमको विद्यालयमा अध्यापन गरेका उनले पछि सन् १९८० को दशकमा प्राथमिक भाषा नेपाली भएको सेन्ट रोबर्टस् उच्च विद्यालय, दार्जिलिङको प्रधानाध्यापक पनि बने ।


प्रकाशित : मंसिर १४, २०७६ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?