कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राष्ट्रपति भण्डारी रामजानकी विवाह महोत्सव सहभागी, जानकी मन्दिरमा विशेष पूजा

सन्तोष सिंह

(जनकपुर) — राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरमा रामजानकी विवाह महोत्सवको चौथो दिन शुक्रबार तिलकोत्सव समारोहमा सहभागी भएकी छन् । महोत्सवमा आएकी राष्ट्रपति भण्डारी जानकी मन्दिरमा विशेष पूजासमेत गरेकी छिन् । 

राष्ट्रपति भण्डारी रामजानकी विवाह महोत्सव सहभागी, जानकी मन्दिरमा विशेष पूजा

जानकी मन्दिरको पूजापछि भण्डारी प्रदेश सरकारले आयोजना गरेको भोजमा सहभागी हुनेछिन् ।


विवाह महोत्सवअन्तर्गत जनकपुरको रंगभूमि मैदान बाह्र बिघामा तिलक समारोह आयोजना गरिएको छ । राष्ट्रपति भण्डारी समारोहमा सम्बोधन गर्ने कार्यक्रम छ ।


भण्डारीले रामजानकी विवाह महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्ने कार्यक्रम छ । भण्डारीलाई जनकपुरका कलाकाहरुले जानकी लिला देखाउने छन् ।


राष्ट्रपति भण्डारीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल पनि सहभागी छन् ।

प्रकाशित : मंसिर १३, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?