विमानस्थलबाट ८ किलो अवैध सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

मातृका दाहाल

काठमाडौँ — हङकङबाट नेपाल एयरलाइन्सको विमान हुँदै नेपाल आएका दुई चिनियाँ नागरिक ८ किलो अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । 

विमानस्थलबाट ८ किलो अवैध सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

बिहीबार राति ११ बजे राहदानी वाहक दुई चिनियाँ नागरिकलाई ४/४ किलो सुनसहित पक्राउ गरिएको हो ।नियन्त्रणमा लिइएकामा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् ।


उनीहरुमाथि अनुसन्धान जारी रहेको विमानस्थल प्रहरी प्रमुख डिआईजी सूर्य उपाध्यायले बताए । उपाध्यायका अनुसार तस्करीको सुन बोक्ने मालिक वा भरिया को हुन् भन्ने खुल्न सकेको छैन ।






प्रकाशित : मंसिर १३, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?